बृहत सराय जात्रा निकालिँदै

२०७३ आश्विन २८ गते, शुक्रबार

काठमाडौ, २८ असोज । कपिलवस्तुको चन्द्रौटामा विजयादशमीको त्रयोदशीको अवसर पारेर बृहत सराय जात्रा निकालिने भएको छ । परम्परादेखि चल्दै आएको सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न दिउँसो सराय जात्रा निकालिने भएको हो । २०६४ भदौ ३० को कपिलवस्तु घटना पश्चात दसैंको त्रयोदशीको दिन घटनालाई विर्साउन पहिलो पटक निकालिएको सराय जात्रालाई यस वर्ष पनि भव्य रुपले मनाइने दुर्गा मन्दिर व्यवस्थापन समिति कोषध्यक्ष मेघराज रेग्मीले जानकारी दिए ।
९ वर्षदेखि मनाउँदै आएको यो पर्वलाई निरन्तरता दिँदै दशौँ पटक पञ्चेबाजा सहित चन्द्रौटास्थित दूर्गाभवानीको मन्दिरबाट वृहत सराय जात्राको अयोजना गरिने आयोजकले जनाएको छ । दूर्गा मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउँदै निकालिने सराय जात्रा नजिकैको जवाई खोलामा गई विसर्जन गरिने समाजसेवी हुमकान्त खनालले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु