जाजरकोटमा राष्ट्रिय स्वाधीनता, सी संस्कृति र एकीकृत स्वामित्वबारे विमर्श गरिदै

२०८१ जेष्ठ १० गते, बिहीबार


काठमाडौँ । नेपालको राष्ट्रिय स्वाधीनताका चुनौती, सी संस्कृति र अर्थतन्त्रमा एकीकृत स्वामित्वको मोडलबारे जाजरकोटका स्थानीय तहहरुमा बहस सञ्चालन गरिने भएको छ । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले हालै सम्पन्न बैठकद्वारा नेकपाले अघि सारेका उक्त विषयमा स्थानीय स्तरमा समेत बहस गर्ने निर्णय गरेको हो ।
मुलुकको स्वाधीनतामाथि भू-राजनीतिक चुनौती मडारिदै गएको, समाजमा जात व्यवस्थामा आधारित विभेद र उचनिचको संरचना यथावत रहेको र देशको अर्थतन्त्रको परम्परागत मिश्रित प्रणालीले समेत राष्ट्रिय पुजी निर्माण हुन नसकेको बेला अर्थतन्त्रमा एकीकृत स्वामित्वको प्रारुप र सामाजिक सांस्कृतिक हिसाबले नेकपाले अघि सारेको सी जातिबारे नागरिकसङ्ग सम्वाद गर्ने कुरा महत्त्वपूर्ण विषय भएको बताइएको छ ।
जिल्ला सेक्रेटरी सुर्यकिरणको अध्यक्षता, नेकपा स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज सुशीलको प्रमुख आतिथ्यता, पोलिट ब्युरो सदस्य आधार र केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज पौरखको विशेष उपस्थितिमा भएको बैठकले देशभक्त, समाजवादी, वामपन्थी र कम्युनिस्ट एवम् माओवादी धाराहरुबीच विचार, कार्यक्रम, सिद्धान्त र समाजवादी आन्दोलनका तत्कालीन कार्यभारबारे छलफल, बहस गर्दै एकता र ध्रुवीकरणका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले सुशासन, समृद्धि, जनअधिकार तथा सामाजिक न्यायका पक्षमा तथा राष्ट्रघाती एम.सि.सि.विरुद्ध संघर्ष गर्ने, भ्रष्टचारी, मिटरब्याजी, दलाल र कमिसनखोरहरुलाई कार्वाही गर्ने महंगी, महिला हिंसा, जातिय विभेद, मानव तस्ककर, लागुऔषध दुर्व्यशनी र ठगी धन्दा चलाउनेलाई कार्वाही गर्ने निर्णय भएको समेत जारी विज्ञप्तीमा जनाइएको छ।
नेकपा जाजरकोटले संगठन सुदृढीकरण तथा जनसम्बध विस्तार अभियानलाई जिल्लामा प्रभावकारी बनाउने, बजेट दुरुपयोग, अनियमितता, पक्षपात, साधनस्रोतको दुरुपयोग लगायत तमाम जनविरोधी हर्कत विरुद्ध संघर्ष गर्ने , भुकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने र पार्टीको आत्मनिर्भर उत्पादन सम्बन्धि नीतिलाई कार्यान्वयन गर्ने समेत निर्णय गरेको छ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस प्रकार रहेको छ – ‘हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति जाजरकोटको प्रथम पुर्ण बैठक यहि मिति २०८१ जेष्ठ ७, ८ गतेका दिन जिल्ला सेक्रेटरी क. सुर्यकिरण सी को अध्यक्षतामा र पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज आदारणीय क. शुसिल सी. को प्रमुख आतिथ्यता पार्टीका पोलिटव्यूरो सदस्य आदारणीय क. आधार सी. को विशेष आतिथ्यतामा सम्पन्न भयो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरुको जानकारीका लागि यो प्रेश विज्ञप्ती जारी गरिएको छ ।
१. संसारभरका न्यायपूर्ण आन्दोलन क्रान्ति ऐतिहासिक महान जनयुद्ध र एकिकृत जनक्रान्तिमा आफ्नो शरीरलाई देश र जनताका लागि बलिदान गर्नु हुने महान सहिदहरु प्रति एक मिनेट मौनधारण गरी साथै वेपत्ता योद्धाहरुमा उच्च सम्मान गर्दै वैठकको आरम्भ भयो ।
२. विद्यमान संकटग्रस्त दलाल पुँजीवादी सत्ताका विरुद्ध आम देशभक्त, वास्तविक लोकतन्त्रवादी, गणतन्त्रवादी, वामपन्थी र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु संग सहकार्य, मोर्चा, धुव्रीकरण र एकता गर्दै नेपाली विशेषताको समाजवाद स्थापना गर्ने पार्टीको निर्णयलाई जाजरकोट जिल्लाको सापेक्षतामा पहल कदमी लिने निर्णय भएको छ ।
३ हाम्रो पार्टी प्रतिको आशा र विश्वासलाई सम्मान गर्दै क्रान्ति र पार्टी विरुद्ध भई रहेका विभिन्न खाले भ्रम र षडयन्त्रलाई चिर्दै संगठन सुदृढीकरण तथा जनसम्बध विस्तार अभियानलाई जिल्लामा प्रभावकारी बनाउने निर्णय भएको छ ।
४. राष्ट्रिय स्वाधिनता बारे नेपाली विशेषताको समाजवाद बारे सी. संस्कृति, एकिकृत स्वामित्व लगायतका क्षेत्रमा गरेका पार्टीका महत्वपूर्ण सश्लेषणहरु र साम्राज्यवादी हस्तक्षेप तथा षडयन्त्रका गम्भिर विषयहरुमा जिल्लाका ७ वटै पालिकाहरुमा अन्तरक्रिया गर्ने निर्णय भएको छ ।
५. समाजवादी मोर्चालाई फराकिलो बनाउदै नेपाली विशेषताको समाजवाद स्थापना गर्ने ऐतिहासिक कार्यभारलाई आत्मसाथ गर्दै जिल्लामा व्यापक रुपमा छलफल, बहसहरु अगाडि बढाउने निर्णय गरियो ।
६. राष्ट्रियता, सुशासन, समृद्धि, जनअधिकार तथा सामाजिक न्यायका पक्षमा तथा राष्ट्रघाती एम.सि.सि.विरुद्ध संघर्ष गर्ने, भ्रष्टचारी, मिटरब्याजी, दलाल र कमिसनखोरहरुलाई कार्वाही गर्ने महंगी, महिला हिंसा, जातिय विभेद, मानव तस्ककर, लागुऔषध दुर्व्यशनी र ठगी धन्दा चलाउनेलाई कार्वाही गर्ने निर्णय भएको छ ।
७. संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरिरहेका बजेट दुरुपयोग, अनियमितता, पक्षपात, साधनस्रोतको दुरुपयोग लगायत तमाम जनविरोधी हर्कत विरुद्ध संघर्ष गर्ने निर्णय भएको छ ।
८. भुकम्पले थिलोथिलो पारेको जाजरकोटलाई बर्खायाममा आउने बाढी पहिरो लगायत प्राकृतिक प्रकोपहरु संग जनतालाई सहयोग गरेर संगै बसेर सामना गर्ने निर्णय भएको छ ।
९. आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता एवं सरल जीवन, कडा मेहनत, सकरात्मक सोच, परीमाण
मुखी काम भन्ने पार्टीका आदर्श र योजनाका अनुसार जाजरकोट जिल्लामा उत्पादनका कामहरुलाई कडाईका साथ लागु गर्ने निर्णय भएको छ ।’
-शेरबहादुर विश्वकर्मा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु