सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

२०८१ जेष्ठ ९ गते, बुधबार


काठमाडौँ । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश चुडामणि खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
नागरिकता कीर्ति प्रकरणमा उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । सिरोहियाले लिएको नागरिकताको नम्बर उनी भन्दा पहिले अर्कै व्यक्तिको नाममा जारी भइसकेको देखिएको, उनले फरक फरक नागरिकता नम्बर प्रयोग गरेको र नागरिकतामा उल्लेख गरिएको जन्म मिति पनि शंकास्पद देखिएको प्रहरीको दाबी छ।
सिरोहियाले नागरिकता लिँदा बुझाएका कागजातको अभिलेख फेला नपरेको र नागरिकता लिने बेलामा उमेर पुगेकोमा पनि शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति माग गरेको थियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु