हिन्दू महासम्मेलन कात्तिक ४ देखि

२०७३ आश्विन २८ गते, शुक्रबार

काठमाडौँ, २८ असोज । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ । उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ । नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १०औँ हजार हिन्दू धर्मका अनुयायीको सहभागिता गराइनेछ । साधु, सन्त, महन्त, विद्वानको सहभागिता रहने महासम्मेलनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रस्तावसमेत पारित गर्ने महासङ्घका सचिव अस्मिता भण्डारीले जानकारी दिनुभयो । काठमाडौँको वनकालीमा हुने सोही कार्यक्रममा अन्तर्राष्ट्रिय विश्व हिन्दू महासङ्घको नयाँ कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गरिनेछ ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु