आज मोहरम पर्व

२०७३ आश्विन २६ गते, बुधबार

काठमाडौं,२६ असोज । आज मोहरम पर्व , ईस्लाम धर्मावलम्वीहरुले ताहजिया बनाएर मनाउदै छन् । मोहरम पर्वको अवसारमा कपिलवस्तुमा ७५ फिटको आग्लो ताहजिया बनाइएको छ । कपिलवस्तुको रामनगर गाविस पटनामा नेपालकै सबैभन्दा आग्लो ताहजिया बनाइएको हो । पटना गाउमा ताहजिया संरक्षण समति गठन गरेर पटनाका एघार जनाको समुहले एक महिना लगाएर पचहत्तर फिट आग्लो ताहजिया बनाएका हुन । रु १ लाख ५० हजारको लागातमा पचहत्तर फिट आग्लो ताहजिया बनाएको ताहजिया संरक्षण समितिका अध्यक्ष मूख्तार अहमद बेगले बताए । बाँस, कागज,पिठोको लेदोले सहयातले करिब ताहजिया निर्माण गरिएको हो ।
पटनाका स्माइलबेग,हसनवेग,जुलकदर मुजावर,बाबुराम कोरी,नसीम बेग, आफक खान,रज्जाक मिया,हरिद्धार प्रसाद मौर्या,राज कुमार अराख, राम फेरन कोरीले ताहजिया बनाएको अध्यक्ष मुख्तार बेगले बताउनु भयो । ईस्लामी सम्वत १४३८ हिजरीको पहिलो महिनाको चाँदको १ तारिकदेखि शूरु हुने मोहरम पर्व १० तारिखसम्म मनाईने गरिन्छ । मुस्लिम समुदायको पर्व भए पनि यहाँका हिन्द समुदायकाले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् ।
आफुले भाकल गरेको पुरा भएपछी मोहरम पर्व मनाउन लगेको कृष्णनगरका राम प्रसाद यादवले बताउनुभयो । पछिल्लो समय मोहरम पर्व सद्भावको पर्वको रुपमा स्थापित हुदै गएको छ । मुस्लिम धर्मालम्वीहरुको मोहरम पर्व आज धुमधामका साथ मनाइदै छ । हजरत महम्मद को नाती हसन र हुसैेन सहिद भएको संम्झनामा कपिलवस्तुमा मुस्लिम धर्मालम्वीहरुले मोहरम धुमधामका साथ मनाउदै छन । मुस्लिम धर्मालम्वीहरुले ईद, बकर ईद र मोहरम दशमी लाई धुमधामका साथ मनाउने चलन रहि आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु