अपहरणमा संलग्न आलम मारिए

२०७३ आश्विन २४ गते, सोमबार

काठमाडौं , असोज २४ । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ सिरोमणि टोलमा आइतबार साँझ प्रहरीको गोली प्रहारबाट भारतीय अपराधी दिलशाद आलमको मृत्यु भएको छ । आलम दुई महिनाअघि वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रही फरार रहेका र विभिन्न अपहरण, फिरौतीलगायत आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए । नियमित चेकजाँचकाक्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकेर सोधपुछ गर्दा पछाडि बसेका व्यक्तिले अचानक प्रहरीमाथि पेस्तोल ताकेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । मोटरसाइकलचालक फरार भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । मृतकको साथबाट एकथान पोस्तोल र तीन राउन्ड गोलीसमेत बरामद गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु