हात्ती आतंक

२०७३ आश्विन २३ गते, आईतवार

काठमाडौं, २३ असोज । सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले कन्चनपुरको भीमदत्तनगर नगरपालिका, दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोललगायत बस्तीका स्थानीयलाई वर्षेनि दुःख दिने गरेको छ । हात्तीको बथानले शुक्लाफाटा वन्यजन्तु आरक्षसँग जोडिएका बस्तीका घर–टहरासमेत भत्काउने गरे पनि यसको समाधानतर्फ कुनै निकायको ध्यान जान सकेको छैन । प्रायः गरेर अन्नबाली भित्र्याउने बेलामा सीमावर्ती भारतीय जंगलबाट आउने जंगलीहात्तीको बथानले भीमदत्त नगरपालिका, झलारी पिपलाडी नगरपालिका, दोधारा–चाँदनी नगरपालिका, दक्षिणी क्षेत्र बाइसे विचवा, पुर्नबासलगायतका क्षेत्रमा आतंक मच्चाउने गरेको छ । यहाँका स्थानीय दसैं मनाउन छाडेर अहिले हात्ती धपाउनै रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु