आज अहिंसा दिवस

२०७३ आश्विन १६ गते, आईतवार

काठमाडौँ, १६ असोज । आज आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्रसङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो । सन् २००८ देखि राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । यो दिवस नेपालमा पनि सन् २००८ देखि मनाउन थालिएको राष्ट्र सङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि डा जयराज आचार्यले बताए । “महात्मा गान्धीले अहिंसाका लागि प्रेरणा दिएको भन्दै संयुक्त राज्य बेलायतले पार्लियामेन्ट स्क्वायर अगाडि विन्स्टन चर्चिलको सालिकसँगै उहाँको पनि सालिक निर्माण गरेको छ, गान्धीको जीवन यात्राले विश्व जगत्लाई अहिंसाका लागि प्रेरित गरेको छ” – उनले भने ।
यस अवसरमा मानवअधिकार तथा शान्ति समाजले आज बेलुकी ५ बजे बौद्ध स्तुपमा दीप प्रज्ज्वलन गर्ने भएको छ ।

प्रतिक्रियाहरु