जेष्ठ नागरिक दिवस मनाइँदै

२०७३ आश्विन १५ गते, शनिबार

काठमाडौ, १५ असोज । आज “ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध उभिऔं” भन्ने मुल नाराका साथ २६ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ । प्रत्येक वर्ष अक्टोबर १ तारिखमा विश्वभर मनाईने यो दिवस नेपाललमा पनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् ।
संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ ।
दिवसका अवसरमा विभिन्न संघसंस्थाले पदयात्रा, ज्येष्ठ नागरिकलाई सम्मान, फलफूल वितरण, सरसफाइ र अन्तक्र्रियालगायतका कार्यक्रमसमेत आयोजना गर्दैछन् । २०६८ को जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष माथीका जेष्ठ नागरिक छन् ।

प्रतिक्रियाहरु