‘अबान्छित कार्य र गतिविधि गर्ने हाम्रो सङगठन होइन ‘

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौं, ४ असोज । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले राजधानीका विद्यालय अगाडि भएका बम विष्फोट र शंकास्पद बस्तु राखेकोमा चारैतिरबाट आफ्नो संगठनमाथि आशंका गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । अध्यक्ष सिंहले आज बिहान वक्तव्य जारी गरेर यस्ता अबाञ्छित गरेर अभिभावकलाई आतंकित तुल्याउने आफूहरूको कुनै योजना नरहेको जनाएका छन् । उनले आफ्नो संगठनलाई कुनै पनि आशंका नगर्न भनेका छन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले आज बिहान जारी गरेको प्रेस वक्तव्यको पूर्ण बिबरण यस प्रकार रहेको छ – ‘आज उपत्यकाको विभिन्न स्थान(स्कुल)मा विद्यार्थी ,शिक्षक र अभिभावक लाई आतंककित तुल्याउने गरि बिस्फोटक राखेर हाम्रो सङ्ठनलाई आसङ्का गरिएको कुराप्रती गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अबान्छित कार्य र गतिविधि गर्ने हाम्रो सङगठनको नीति, योजना र कार्यक्रम नभएको पनि यसै बक्तब्यद्वारा आम जनसमुदाय र विद्यार्थीलाई जानकारी गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु