‘ राष्ट्रको मुक्ति र जनतालाई राज्यसत्ताका मालिक बनाउनु बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन ‘

२०७३ आश्विन ३ गते, सोमबार

काठमाडौँ, ३ असोज । नेकपा(माओवादी)का प्रवक्ता प्रकाण्डले नेपाल राष्ट्रको मुक्ति र नेपाली जनतालाई राजसत्ताका मालिक बनाउनु बाहेक आफ्नो र पार्टीको अर्को कुनै स्वार्थ नरहेको बताएका छ । प्रवक्ता प्रकाण्डले भारत स्थित नेपालीहरुको संगठन “प्रवासी नेपाली जनसमाज भारत”को प्रथम् राष्ट्रिय सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । प्रकाण्डले हरियाणा राज्यको फरिदावाद औद्योगिक क्षेत्रमा आयोजित बिशाल जनसभालाई सम्बोधन गर्दै प्रचण्डको आत्मसमर्पणवाद र बाबुरामको बिसर्जनवादले जनतालाई पुनः धोका भएको बताउदै त्यसलाई क्रान्तिले जबाफ दिने र एकदिन ति धोकेवाजहरुलाई जनताले कठघरामा उभ्याउने ठोकुवा गरेका छन । उक्त सम्बोधनमा प्रकाण्डले बीर शहीदहरुको रगत बेचेर लुटेको सम्पतिलाई जनताले कब्जा गर्ने अवस्थाको सिर्जना पार्टीले गरि छाड्ने प्रतिबद्धत्ता समेत जाहेर गरेका छन । प्रकाण्डले आक्रोशीत हुँदै प्रचण्डले गरेको २५ बुन्दे दिल्ली सम्झौता चाकरी, दलाली र राष्ट्रघातको पराकाष्टा भएको ठोकुवा गर्दै सो सम्झौता कुनै पनि हालतमा लागु गर्न नदिने घोषणा गरे ।
उक्त कार्यक्रममा नेकपा(माओवादी)का के.स. तथा प्रवास ब्युरो इन्चार्ज भेषराज भुसालले सम्मेलनद्वारा निर्वाचित आजाद सेनको अध्यक्षतामा ५५ सदस्यीय नयाँ समिति गठन भएको बताए । जसको उपाध्यक्षमा गणेश थापा र दामोदर पगेनी, महासचिवमा मोती गौतम, सचिवमा बिष्णु मल्ल र कोषाध्यक्षमा भिमकान्त घिमिरे रहेका छन !
उक्त घोषणासभामा पार्टी के.स. सन्तोषी बिक,कर्मचारी महासंघका उपाध्यक्ष तथा अन्तराष्ट्रिय बिभागीय इन्चार्ज राजेन्द्र रेग्मीलगायत बिभिन्न संघ-संगठनका प्रतिनिधिहरुले पनि बधाई तथा शुभकामना मन्तब्य राखेका थिए भने सामना र चिराग सांस्कृतिक परिवारले सांस्कृतिक प्रस्तुती गरेका थिए !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु