आयोगको सीमाङ्कन स्वीकार्य छैन : ठाकुर

२०७३ भाद्र ३ गते, शुक्रबार

काठमाडौ, ३ भदौ । तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय निकायको पुनःसंरचना आयोगको कामलाई आफुहरुले स्वीकार नगर्ने स्पष्ट पारेका छन । लोकतान्त्रीक बुद्धिजिवि संघले शुक्रबार काठमाडौमा गरेको राज्य पुनसंरचना तथा स्थानिय निकाय विषयक विचार गोष्ठीमा अध्यक्ष ठाकुरले सीमाङ्कनको विषय टुङ्गो नलागेसम्म आयोगको कामको कुनै औचित्य नै नहुने बताए ।
सीमाङ्कनको विषय नमिलाई नै स्थानिय निकायको निर्वाचन गर्ने तयारी भएको भन्दै ठाकुरले आफुहरु सदैव त्यसको विरोधमा रहने धारणा व्यक्त गरे । स्थानीय निकायको पुनःसंरचना आयोगले संघीयतालाई नै असफल बनाउने षडयन्त्रले काम गरेकोे आरोप पनि उनले लगाए । उनले स्थानिय निकायको जिम्मा प्रदेशको भएको भन्दै त्यसमा केन्द्रले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरे ।
ठाकुरले राज्यले अझैपनि मधेशीका जनतालाई उपेक्षा गरेको आरोप पनि लगाए । उनले प्रस्तावित स्थानीय निकायको पुनःसंरचना गर्दा नेपाली जनताले लाभ लिन सक्ने प्रकारको नभएको दाबी गरे ।

प्रतिक्रियाहरु