महङ्गी र कालोबजारी रोक्न निर्देशन दिएको छु – प्रचण्ड

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महङ्गी र कालोबजारी रोक्न निर्देशन दिएको बताएका छन ।उनले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण गर्ने प्रतिबद्धता समेत जानेका छन । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटार गएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले मधेस तथा जनजातिको मुद्दालाई अधिकतम सहमति कायम गरी राष्ट्रलाई एकताबद्ध गर्ने बताउँदै देशमा विद्यमान समस्याको छिट्टै समाधान खोजिने बताए । उनले मुलुकमा प्राप्त भएका उपलब्धिलाई संरक्षण गर्न स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनको खाँचो औँल्याउँदै त्यसका लागि सबैको सहयोगको अपेक्षा राखे । पुनःनिर्माणको कार्य ढिलो भएकोमा चिन्ता व्यक्त गर्दै उनले सरकारले त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउन तथा भूकम्पबाट पीडित जनतालाई राहत उपलब्ध गराउन ४५ दिनभित्र जनतामा पु-याउन सचिवलाई निर्देशन दिएको जानकारी गराए ।
छिट्टै सरकारले पूर्णता पाउने र आर्थिक विकासका नयाँ आयोजना सञ्चालन गरिने बताउँदै प्रधानमन्त्री दाहालले भने –“महँगी बढेको छ, बजार अनियन्त्रित छ, मूल्यवृद्धि रोक्ने र कालाबजारीलाई दण्डित गर्ने कार्य गरिनेछ ।”

प्रतिक्रियाहरु