एन्टीस्नेक भ्याक्सिन खरिद हुदै

२०७३ श्रावण १९ गते, बुधबार

काठमाडौँ, १९ साउन । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले करिब दुई लाख भ्याक्सिन खरिद गर्ने भएको छ । वर्षामा सर्पको टोकाइबाट मृत्यु हुने अवस्था आउन नदिन सो भ्याक्सिन खरिद गर्न लागिएको हो । आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले सर्पको टोकाइबाट हुने मृत्युलाई रोक्न एन्टीस्नेक भ्याक्सिनका लागि सम्झौता भइसकेको बताउछन । यो भ्याक्सिन एउटाको ४९८ भारतीय रुपैयाँ पर्ने पनि निर्देशक तिनकरीले बताए ।
गर्मी र बर्सातका समयमा तराईमा सर्पको टोकाइबाट थुप्रै मानिसको ज्यान जाने गरेको छ । तराईको उष्ण मनसुनी हावापानी सर्पका लागि अतिउपयुक्त मानिन्छ । यसैकारण तराईमा प्रशस्त सर्प पाइन्छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले वर्षामा आउने बाढीमा सर्प पनि बगेर आउने हँुदा जोगिने स्थान खोजिरहेका सर्पले मानिसलाई डस्न सक्ने धेरै सम्भावना रहने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार