सुकुम्बासीमाथिको ज्यादती बिरुद्ध खबरदारी सभा

२०७३ असार २४ गते, शुक्रबार

काठमाडौं, २४ असार । नेकपा माओवादीले सुकुम्बासीमाथिको ज्यादती बिरुद्ध भाेलि असार २५ गते विशाल खबरदारी सभा गर्ने भएको छ । सर्लाहीको ढुङग्रेखाेला नयाँ राेडका सुकुम्बासीमाथि राज्यले गरेकाे दमनका बिरुद्ध माओवादीले विशाल खबरदारी सभा गर्ने भएको हो । सभालाई पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्ताेला, पाेलिटब्युराे सदस्यहरु चित्रबहादुर अाले र अाेमप्रकाश पुन, केन्द्रिय सदस्हरु चिरन पुुन र माइला लामा लगायतले संबाेधन गर्ने कार्यक्रम रहेकाे माओवादीले बताएको छ ।

प्रतिक्रियाहरु