‘टाढा टाढा .. ’ गीतको म्यूजिक भिडियो सार्वजनिक

२०७३ जेष्ठ २० गते, बिहीबार

काठमाडौँ, २० जेठ । म्यूजिक नेपाल प्रा.लि.ले गायिका रीता के.सी.को स्वरमा रहेको नेपाली आधुनिक गीत ‘टाढा टाढा ….’को अडियो एवं भिडियो हालै बजारमा ल्याएको छ । गीतकार दधि अधिकारीको शब्द रहेको सो गीतमा संगीत सुधीर अधिकारीको रहेको छ । म्यूजिक भिडियोका निर्देशकद्वय सुधीर अधिकारी र शाम्भवी अधिकारीद्वारा निर्देशित सो भिडियोमा मोडेल पवन अधिकारी, रितु के.सी. र प्रज्ञा गौतमको मार्मिक अभिनय देख्न पाइन्छ । अर्थशास्त्र विषयमा विद्यावारिधीरत गीतकार दधि अधिकारी, अर्थशास्त्र विषयमै एम.फिल.अध्ययनरत संगीतकार सुधीर अधिकारी र मोडेल पवन अधिकारी, संगीत विषयमा एम.म्यूज सम्मको अध्ययन गरेकी गायिका रीता के.सी. लगायतको उच्च प्राज्ञिक संयोजन यस गीतको रोचक पक्षको रुपमा रहेको छ भने श्रोता र दर्शकबीच यस गीतले कस्तो छाप पार्ने हो हेर्न बाँकी नै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु