आत्मनिर्भरताको पिरलो – शोभा गजुरेल

२०७३ जेष्ठ १९ गते, बुधबार

बिहान अलार्मको घन्टी बज्दा म अर्ध निन्द्रा मै हुन्छु , हतार हतार उठेर बाथरुम पस्छु । अह मेरो निन्द्रा अझै खुलेको हुन्न । कहिले काही त्यहि निदाई दिन्छु । फेरि झसंग भै बिउझनछु, बुरुश समात्छु , अनि घ्वार आवाज दिएर कराउने त्यो बुरुसले मलाई थोरै भएपनि जगाउछ् । यसो मुख धोइदे जस्तो गर्दै निन्द्रालाई भगाउने कोसिस मै हुन्छु । सोच्छु हरे मेरो जिबन , के यहि हो त जिबन ? कस्तो आनन्दले निन्द्रा पुर्यायर सुत्न पनि नपाउनु । अनि फेरि अर्को मनले घच्घच्याउछ आमै के भनेको आत्मनिर्भर स्वाभिमानी भएर बाच्न पाउनु त धेरै ठुलो कुरा हो । निन्द्रा ठुलो कुरा होइन , हरेक बिहानी मेरा यी दुइ मनको टकराब पर्छ , अनि जित्छ स्वाभिमानको बहसले ।बहुमत प्राप्त भयो स्वाभिमानलाई । अनि हतर पतर हस्याङ फस्यांग कफि पिउछु अनि भगाउछु निन्द्रा । स्वाभिमानी बन्दिनलाई केहि खाएर त हिड्नु पर्यो । भर्खर बिउझेको मात्र के हुन्छु मुखमा ठोस्छु बुझो , नखाई भएन काममा जानु छ । कति गार्हो कठै आत्मनिर्भर बन्न । आफुलाई स्वाभिमानी भनाउन । न सुत्न पाउनु छ न भोक लागेर खान समय मिल्छ । त्यति बेला खाइदिन् पर्ने , कति अप्ट्यरो न जाडो भयो भन्न पाउनु, न झरी पर्यो ,न आज नजाऊ कि भन्न पाइने , कति कस्ट उठाउनु पर्ने यो स्वाभिमानको सब्द पाउन । अनि कहिले काहि आफनै मनलाई सोध्ने गर्छु , किन मलाई आत्मनिर्भर बन्न मनलागेको होला ? आ बरु आरामले घरमा बस के को यो टन्टl । आखिर ४ गास खाने न हो । त्यो खान पनि किन यति धेरै टेन्सन लिने ? आफ्नो मातृभुमि छाडेर अर्काको देशसम्म आएर पनि आत्मनिर्भरताको यो संघर्ष उठाउन मन लाग्ने । यो मेरो हरेक दिनको बिहानको कथा हो । यी दुइको टकराबमा मेरो हरेक दिनको बिहानीले मलाई झक्झक्याउछ । एउटा मनलाई आत्मनिर्भरताको उज्यालो किरणको अनुभूति हुन्छ भने अर्कोलाई एक्लोपनले पिरोली रहेको हुन्छ । आफन्तसग टाढा भएर बस्न परेको कहाली लाग्दो क्षणलाई बिर्सन हरेक बिहानी धेरै कस्टकर पनि त छ । यी दुइ मनमा कुन सही र कुन गलत ? हरेक बिहानीको किरणसगै यी दुइको झगडामा आजसम्म मेरो आत्मनिर्भरताको जित भए र नै होला , हरेक दिन उत्साह जागरकासाथ अगाडी बढिरहेकै हुन्छु । थकाइले लखतरान परेको जिउ राति घर फर्कंन्छु तर पनि कता कता आत्मनिर्भरताको खुसीले मलाई बल दिइरहेको महसुश गर्छु । जिउ थाक्छ तर आत्मबल थाकेको महसुश हुन दिदैन । आत्मनिर्भरताले घच घचयाएरै होला सायद मेरो मन कहिले उदास छैन । आफ्नो कार्यमा अगाडी बढ्न यो थाकेको जिउपनि तम्तयार बनि भोलि बिहानको त्यो निन्द्रा बाट मलाई बिउझाउन सफल हुन्छ । बिहानै आमाको आवाज सुन्छु, भाईबरलाई धन्यवाद दिन्छु । कमसेकम यो फ्री कलले मलाई केहि क्षेन भएपनि आमाको न्यानो काखमा बसेको अनुभूति गराई दिन्छ । यो मांसपेसीको डल्लो आम़ादेखि टाढा भएपनि आत्मा आमा कै साथमा छ । यहि सोच्दै आम़ाको केही बेरको त्यो मिठो बोलीमा हराउछु । छोडेर गइस चेपारे नपार हरेक दिन आमाले दिने यो गालीमा म आफुलाई अझ आमाको नजिक पाउछु । कति प्यारो गाली गर्छेउ आमा भनि मनमनै खुसि हुन्छु । आम्मै छोराहरुसग पनि त झगडा गर्नु पर्ने मैले , सम्झन्छु आमालाई आग्रह गर्छु , उनीहरुको बोलीमा कोइलीको आवाज पाउछु । अनि आफुलाई कति हो कति भाग्यमानी सम्झदै बुवा कहाँ हुनुहुन्छ नि भनि सोध्छु । जवाफमा पाटी कार्यालय बाबा त , अनि सोच्छु आखिर मेरो बाबा पनि त बिहानै दौडिसक्नु भएको छ ,उही यात्रामा । अनि मपनि निस्कन्छु आत्मनिर्भरता को यात्रामा . कति लामो रहेछ यो यात्रा पनि कहिले होला पुरा हुने ? यहि सोच्दै आफन्त साथी भाई सबैलाई एक पटक याद गर्छु । फेरि आफैलाई सम्झाउदै भन्छु , ज्यान टाढा भएर के भयो र शोभाको मन त नेपालमै छ नि । मांसपेशीको डल्लो यहाँ भएर के भयो र ? तेरो आत्मा नेपालमै छदै छनि , अनि किन दुखि हुनु । आखिर मानिसको जिबन त् संघर्ष नै होनी । आफैले आफैलाई सम्झाउदै हरेक दिनलाई मनाउन थालेको पनि दशक नै हुन लागेछ । कति सम्झाउछेस कहिले काहि मन रिसाई दिन्छ , अनि हत्तन पत्त अर्को मनलाई बोलाई दिन्छु । अनि त्यहि आत्मनिर्भरताको मनको बहुमतले उसको रिस शान्त हुनैपर्छ । यसो फुर्सद भए काका- काकी , ठुलोबुवा – ठुलोमामु, फुपु- फुपाजु ,दाजु -भाई दिदि -बहिनि , भदा – भदै , सबैलाई फेसबुक मै भएपानी स्काइप मै भेटे पनि फोनको घन्टी लगाइदिन्छु । उनीहरु फुर्सद हुन् नहुन आफु फुर्सद भए पुग्यो। मलाई अनि उताबाट जवाफ आउछ कहिले आउने ? अनि कहिले काही यसो सोच्छु यो कहिले आउने भन्ने सब्द सबैले बिर्सिदिए पनि कति गज्जब हुन्थ्यो होला । अझ यस्तो लाग्छ यो सब्द नै नभैदिय कसैले मलाई कच्कच गर्ने त थिएनन । अनि अर्को मन भन्छ निस्ठुरी तलाई तेरो आत्मनिर्भरताले यति कठोर बनाई सक्यो । आफन्तको माया पनि …… अनि फेरि सोच्न बाध्य गराउने त्यो अर्को मनलाई धन्यवाद दिदै मेरा आफन्तको मायाको त्यो कहिले आउने प्रस्नको जवाफ खोज्न बाध्य हुन्छु । धेरै जिद्दी गरि रहनेलाई छिट्टै आउछु भन्छु , अलि कम जिद्दीहरुलाई एक दुई बर्शपाची भन्दै टारी दिन्छु । सायद त्यो माया कै प्रभाब त होला। दसकौ बित्दा पनि सदै छिट्टै आउछे भन्ने आशमा मेरा आफन्तले मलाई आत्मनिर्भर्त़ा को यो मनलाई साथ दिई
रहनछन । आउछे उ छिट्टै आउछे , त्यहि भनि मेरो बाटो हेरी रहन्छन … मायाले अडेको यो संसारमा मलाई माया गर्ने मेरा आफन्त , छर ,छिमेक, इस्टमित्र , शुभचिन्तक सबैलाई म आउने छु । मेरो देश म छिट्टै आउदै छु, आजपनि यहि भन्छु , भनि रहन्छु । म पक्का पनि सबैलाई भेट्न अबस्य आउने बाचा गर्दछु । – फ्रान्सवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु