बन्दि शिविरमा रहेको सहयात्री-मित्रलाइ परदेशी मित्रको सन्देश

२०७३ जेष्ठ १० गते, सोमबार

प्रिय सहयात्री मित्र , प्रीथी छक बुढा मगर !
सर्ब प्रथम त आराम रहि आरामको कामना गर्दछु !!
खै कुन शब्दबाट प्रत्युत्तरको सुरुवात गरु… । तपाइको सन्देश पाएर फेरि एक पटक भावबिभोर , स्तब्ध अनि सब्दबिहिन बन्न पुगेको छु । राजनीतिको ‘र’ नबुझी समाज सेवाको ‘स’ अनि क्रान्ती र परिबर्तनको क र प नबुझी अबोध चन्चल मनहरु सामन्य विद्यार्थीहरु झै आफ्नो नौ कक्षाको औपचारिक शिक्षालाई निरन्तरता दिदा दिदै अचानक क्रान्तिको बिगुल फुक्दै समाजवाद र साम्यवादको सपना बाडेर हाम्रो मस्तिष्कमा क्रान्ती र परिबर्तनको बिष घोलेर, साम्राज्यवाद र बिस्तारबादकोबिरुद्ध, पुजीवादी, सामन्ती, शोषणकोविरुद्ध, अन्याय र अत्याचारकोविरुद्ध, एक भाषा, एक धर्म र एक सास्कृतीको बिरुद्द, महिला, मुस्लिम, दलित, पिडित र आदिबासी जनजातिहरुको हक हितको निम्ति लड्नु पर्छ भनेर आफ्नो निरन्तरता दिइरहेको औपचारिक शिक्षालाई बुर्जुवा शिक्षाको संज्ञा दिएर, अब हामी एउटा युग बदल्ने प्रतिबद्धता जनाएर अघि बढ्नु पर्छ भन्दै हौसला दिने हाम्रा अग्रज कम्रेडहरुको एउटा जोशजागर र उत्साहलाई आत्मासाथ गर्दै तिमी र म पनि संगीन यात्राको सहयात्री बनि काधमाकाध मिलाएर, हातमा हात र साथमा साथ मिलाएर जनताको अधिकारको निम्ति, देशमा क्रान्ती र परिबर्तनको निम्ति, स्वाधीनता र अखण्ड रास्ट्रको निम्ति, पहिचान सहितको संघीयता र संघीयता सहितको सम्बिधानको निम्ति र विश्व सामु हाम्रो देशलाइ पनि बैज्ञानिकसमाजबाद उन्मुख जनगणतान्त्रिक रास्ट्रकोरुपमा निर्माण गर्नको लागि भनेर आफू र आफ्नो परिवारलाई बेवास्ता गर्दै क्रान्तीमा होमिदा हामिलाइ न छाती नापियो, न हाइट नै, न त शिक्षा स्तर सोधियो, न त उमेर नै, न त योग्य र अयोग्यको प्रस्तिस्पर्धा गराइयो । न त युद्धमा होमिन अवसर नै कुर्न लगाइयो ।
क्रान्तिको निम्ति आफुलाई खुकुरीको धारमा राखेर अथवा आफुलाई आहुति दिन पनि तयार भएर अबोध किशोरावस्थाको तीक्ष्ण बुद्दी, बिबेक र मस्तिस्कले युग परिवर्तनको लागि मार्क्सवाद, लेलिनबाद र माओवादविचारधारालाइ स्वीकार गर्दै बन्दुक बोकेर निरंकुश शासन सत्ताको बिरुद्द युद्द मैदानमा उत्रन पुगे । आउदो पिडिहरुको उज्वल भबिष्यको निम्ति, देश र जनताको निम्ति संघर्सको कदम चालेका हामीले कत्ति हास्दा-हास्दै रुनु पर्यो , त कत्ति रुदा-रुदै पनि हास्नु पर्यो । अनि सयौ युद्द मोर्चाहरुमा गोली बारुद र बमको बर्षाहरु छिचोल्ने क्रममा हजारौ सहयात्री साथीहरु शहिद बन्न पुगे । हजारौ बेपत्ता, घाइते, अपांग बन्न पुगे । कत्ति आमाहरुको कोख रितिए । कत्तिको श्रीमतीहरुको सिन्दुर पुछिए, त कत्ति बाल बच्चाहरु टुहुरा भए । जसको सहि तथ्यांक आजसम्म पनि सरकारसंगपनि नहोला । यसरी क्रान्ति र परिबर्तनको निम्ति अत्यन्तै काठोर भन्दा कठोर संघर्सहरुको वाबजुद पनि रत्तिभर बिचलित नबनी शान्ती प्रक्रियासम्म आफ्नो अडानलाइ कायम राख्न सफल भयौ । जुन कुराहरुले अझै पनि गौरवको महासुश गराउछ ।
तर बिडम्बना …
युद्धमा सामेल गर्ने क्रममा संबिधान जारी गरेपछि सम्पुर्ण जनमुक्तिसेनाहरुलाइ सम्मान पुर्बक रास्ट्रिय सेनामा समायोजन गरिन्छ भनेर ठुल्ठुला भाषण छाट्ने नेता ज्युहरु बोलि फेर्न थाले । दु:खद कुरा जागिर दिनेबेलामा होइन रिटायर बन्ने बेलामा परीक्षालिन थाले । जुन हाम्रा नेताहरु जनयुद्दकालिन मुद्दाभन्दा बाहिरको एजेण्डा संसदीय भासमा फसेर समायोजनको क्रममा हाम्रो छाती नापेर, उचाइ, उमेर, र शिक्षा स्तर खोज्ने जस्ता अत्यन्तै घृणित ब्याबहार गरेर अपमान गर्न तिर लागे । शिक्षाको कुरा गर्दा जुन बुर्जुवा शिक्षाको काम छैन भनेर सम्पुर्ण कागज पत्र च्यातेर फालेर क्रान्तीमा होमिएको थियो त्यहि खोज्न थालियो । हामीसग त्यो हुने कुरा भएन । यस्ता विभिन्न कम्जोरीहरु देखाएर हामी ४००९ जना लडाकुहरुलाइ अयोग्यको बिल्ला भिडाएर बहिर्गर्मित बनाइयो । जुन सख्यामा म पनि पर्न पुगे, किनकि मलाइ पनि उमेर नपुगेको भनेर अयोग्यको ट्याग भिराइएको थियो ।
देश फेर्छु भनेर हिडेको मान्छे रित्तो हात अनि सपना अधुरै छोडेर एउटा हारेको सिपाही झैँ बनेर घर फर्किनु पर्दाको पीडा कस्तो भयो होला ? तिमी पनि कल्पना गर त , मलाइ अयोग्यको ट्याग लगाएर कत्ती धेरै अपमान गरेका रहेछन ति लाल गद्दारहरुले । त्यसैले एउटा भत्तुवा कुकुर जस्तो बनेर, समाजको नजरमा ज्यानमारा र आफुलाइ जिउदो लाश झै स्विकार गरेर समाजमा बस्न सकिन । त्यसैले छिमेकीको मुखियाबाट सयकडा ५ को दरले दुई / चार महिनामा पुर्ती गर्ने प्रतिबद्धता जनाएर डेड लाख रुपया काठमाडौंको पुजीबादी दलालहरुलाई बुझाएर पैसा कमाउन दुबाइको खाडीमा आइ पुगे ।
प्रीय मेरो सहयात्री मित्र,
म जस्ता कुनै शिक्षास्तर प्रमाणपत्र नभएका अनि अर्काको भाषा बोल्न नजान्ने र देश बदल्ने बिचारमा आधारित राजनितिक दर्शनशास्त्र सिकेका हामिहरुलाइ प्रबाशमा अर्काको दासी बनेर पसीना चुहाउन कहाँ कहाँ त्यति सहज रहेछ र ? तर मेरो लागि यहा त्यो भन्दा पनि कठिन र चुनौती पूर्ण बिषय बनि दिन्छ सधै हाम्रो मातृभूमि नेपालको यादहरु…
यो ५०/५५ डिग्रीको तापक्रममा दिनानु दिन ८ देखि १२घन्टासम्म बिदेशीको कुल्ली बनेर खट्नु पर्दाको शारीरिक थकान र मानसिक पिडाहरुभन्दा पनि धेरै आफ्नो जननी जन्मभूमिको यादले सताउदो रहेछ ।यो तितो यथार्थ र वास्तविक राष्ट्रिय प्रेमको भावनाहरु जब बेजोडले उत्पन्न हुदो रहेछ तब नेपाल आमाको कोखबाट कोसौ टाढाको बिदेशी भूमिमा आफुलाई समर्पित गरिन्छ, त्यसैले दिनभरिको थकानलाइ पनि बेवास्ता गर्दै आफ्नो आराम गर्ने समयको कटौती गर्दै अहिलेको यो बिज्ञान र प्रविधिको दुनियामा हरेक मिडिया र सामाजिक संजालहरुको माध्यमबाट नेपाल आमाको बारेमा पल-पलको घटनाहरु नियालिरहेको हुन्छु ।
कहिले काही मिडियातिर छापिएको कार्टुन तस्बिरहरु देख्छु । जसमा कतै संबिधान बनेको खुसीमा पटकाहरु पट्कीदै र शान्तिस्थापना भयो भनेर दीपावली मनाउदै गरेकोदेख्छु । अर्को तर्फ संबिधानले हाम्रो अधिकार सुनिचित गरेन भनेर त्यसको बिरोधमा मधेशीदलहरु आन्दोलनमा होमिदै गरेको र सोझा सिधा जनताहरु माथि पुलिसहरुले गोली बर्साउदै गरेको देख्छु । अनि उता मोदी मुस्कुराउँदै नाकाबाट अत्यावश्यक बस्तुहरुमा रोकलगाउदै गरेको, अनि कतै नेपाल सरकार मोदीलाई बाइ-बाइ गरेर सी-जिंङ्पिङको सामिप्यतामा बिलिन हुदै गरेको फेरी अर्को तिर भने त्यसको बिरोध गर्दै हाम्रो मातृभूमिमा चिनिया झण्डाहरु जलि रहेको देख्छु । कतै सेरेहरुलाई मोदीले पिठ्यूँमा बोक्दै गरेको, कतै कालो कोटमा सजिएका कानुनेहरु टेबलमा हतौडा राखेर अन्तरिम शान्ति सम्झौताको बिपरित हतौडा ठोक्दै मुद्दा फैसला गर्दै गरेको देख्छु । कतै त्यसको बिरुद्दमाऔला ठड्याउदै टुक्रिएको चोइटाहरुको समूहको जमघट गर्दै गरेको जस्ताअत्तिनै मार्मिक र हाम्रो स्वाधीनता माथि नै प्रश्न चिन्ह खडा हुने खालको कार्टुनहरु देखेर मन चस्सक कुडिन्छ, अनि त्यसै त्यसै खुन तातिएर आउछ । लाग्छ कि आत्माघाती बम लिएर नेताहरुको भिडमा ब्लास्ट गरेर आफुपनि त्यहि बिलिन बनौ । अन्तत प्रबासमा अत्याचारको पिडाहरुलाइ साम्य पार्न पिडाबोधका मोतिहरु पगालिदै यो निर्दोष नेत्रका भित्ताहरु रसाउन पुग्छन । आज मलाइ राम्रोसंग थाहा भयो । मित्र , तिमि पनि यी मध्ये कालो कोटमा सजिएका कानुनेहरु टेबलमा हतौडा राखेर अन्तरिम शान्ति सम्झौताको बिपरित हतौडा ठोक्दै मुद्दा फैसला गर्नेहरुको सिकार भयौ । तर चिन्त्ता नगर अधुरो क्रान्तिलाइ निरन्तरता दिन र खड्किएको मेरो आवश्कतालाइ पुरा गर्न म पनि चाडै नै फर्केर आउदैछु । चाडैनै…!!!
उही तिम्रो प्रिय सहयात्री मित्र
विवशमादेन लिम्बु

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु