इस्लामविरुद्ध मोडलिङ गरेको आरोपमा आठ जना पक्राउ

२०७३ जेष्ठ ४ गते, मंगलवार

काठमाडौँ, ४ जेठ । इरानको तेहरानस्थित साइबर क्राइम विभागले एउटा अनलाइन मोडलिङ एजेन्सीका लागि काम गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि इस्लाम विरोधी काम गरेको आरोप लगाएको छ। यो गिरफ्तारी बिना बुर्का आफ्नो तस्वीर इन्स्टाग्राम वा अन्य स्थानमा पोस्ट गर्ने महिलाहरुलाई निशाना बनाइने अभियानअन्तर्गत भएको हो ।
इरानमा सन् १९७९ देखि महिलाका लागि सार्वजनिक स्थलमा आफ्नो अनुहार ढाक्नु आवश्यक मानिन्छ । छानविनकर्ताहरुले जुन १७० जनालाई अनलाइन मोडलिङका लागि पहिचान गरेको थियो, त्यसमध्ये ७ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । अदालतको एउटा वक्तव्यमा यी १७० जनामध्ये ५९ जना फोटोग्राफर र मेकअप कलाकार, ५८ जना मोडल र ५१ जना फैशन सैलुन म्यानेजर र डिजाइनर पनि संलग्न छन् ।
यो गिरफ्तारीसम्बन्धी जानकारी अभियोक्ता जावाद बबेईले आइतबार सरकारी टेलिभिजनमार्फत दिएका हुन् । यो प्रसारण सोशल मिडियाबाट नैतिकता र परिवारको संस्कारमा खतरामा केन्द्रित थियो । बबेईले एजेन्सीले इन्स्टाग्राममा २० प्रतिशत पोस्ट इरानबाट गरेको दावी गरेका छन् । एजेन्सीले इस्लामविरोधी संस्कृति निर्माण गरेर फैलाएको आरोप छ। बबेईले जुन १७० जना अनलाइन मोडलिङमा संलग्न पाइएको छ, उनीहरुमध्ये २९ जनालाई यो कामको अपराधिक जाँच हुने चेतावनी दिइएको थियो । उनीहरुले काममा सुधार नल्याएपछि पक्राउ गरिएको बबेईले बताए । – एजेन्सी

प्रतिक्रियाहरु