आइएसको आत्मघाती आक्रमणवाट १४ को मृत्यु २० घाइते

२०७३ जेष्ठ २ गते, आईतवार

काठमाडौ, २ जेठ । इराकको राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको एउटा ग्यास फ्याक्ट्रीमा चरमपन्थी संगठन इस्लामिक स्टेटले आत्मघाती आक्रमण गरेको छ। आक्रमणकारीले ताजी सहरस्थित एउटा सरकारी ग्यास प्लान्टको गेटमा तीन वटा कार बम विष्फोट गराएका हुन् । विष्फोटसँगै केही आक्रमणकारी विष्फोटक बेल्ट बाँधेर प्लान्टभित्र प्रवेश गरेका थिए ।
सुरक्षा स्रोतले घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको जनाएको छ। घटनापछि सुरक्षा बलले इराकी लडाकु विमानबाट जवाफी कारबाही गरेको थियो ।
चरमपन्थी संगठन इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ । इराकी सेनाका प्रवक्ताले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै आक्रमणबाट चीन ग्यास ट्याङ्कमा आगो लागेको बताए । तर, सुरक्षा स्थिति बलियो रहेको उनको दावी थियो ।
विगत केही दिनमा आईएसले इराकी राजधानी बगदादमा कयौ आक्रमण गरेको छ । यसअघि बुधबार बगदादको एउटा बजारमा भएको कार बम विष्फोटमा ९३ जनाको मृत्यु भएको थियो । इराकी सत्ता संघर्षबीच नयाँ मन्त्रिपरिषद गठन भएको छ । जसमा आइएसपिवरुद्ध इराकको लडाईका विषयमा विभिन्न आशंका गरिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु