विश्वकै सबैभन्दा वृद्धको निधन

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौं, १ जेठ । विश्वकै सबैभन्दा वृद्धि महिला सुसान्नाह मुसात जोन्सको बिहीबार ११६बर्षको उमेरमा निधन भएको छ । अमेरिकाको लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले भने , जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ ।
उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आएकी जोन्स गत १० दिनयतादेखि बिरामी थिइन् । उनको मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्म भएको थियो ।
एघार जना दाजुभाइ-दिदीबहिनीमध्ये एक जोन्सले काला किशोरीहरुका लागि स्थापना गरिएको विशेष विद्यालयमा अध्ययन गरी सन् १९२२ मा माध्यमिक तह उत्तीर्ण गरेकी थिइन् । जोन्सले केही वर्ष वैवाहिक जीवन बिताए पनि उनको कोखबाट कुनै सन्तान भने जन्मेका थिएनन् ।
गत वर्ष जापानकी मिसाओ ओकावाको ११७ वर्षको उमेरमा टोकियोमा निधन भएपछि विश्वकी सबैभन्दा वृद्ध मानवका रुपमा उनको नाम गिनिज बुक अफ वल्ड रेकर्डस्मा लेखिएको थियो ।

प्रतिक्रियाहरु