आत्मघाती विस्फोटवाट २८ जनाको मृत्यु, ३०० बढी घाइते

२०७३ बैशाख ७ गते, मंगलवार

काठमाडौं, ७ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गराएको शक्तिशाली आत्मघाती बम विस्फोटमा कम्तिमा २८ जनााको मृत्यु भएको छ । विस्फोटमा केही अफगान सैनिकसहित ३ सय २९ जना घाइते भएका छन् । गाडीमा सवार आत्मघाती आक्रमणकारीले काबुलको व्यस्त सहरमा आफैंलाई उडाएका थिए । राष्ट्रपति भवननजिकै विस्फोट भएको बताइएको छ । गत हप्तामात्र तालिबानले भीषण आक्रमणको चेतावनी दिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु