डा.भट्टराईका डरलाग्दा दृश्यहरु – मिलनकान्छा किराती

२०७२ चैत्र ७ गते, आईतवार

नेपाली राजनितिमा निकैलामो बहसपछि निर्मित नयाँशक्तिले एउटा आकार लिदैगईरहेको छ । यसले जनताको यथार्थता एवं अपेक्षा अनुरुपको विद्यमान अभाव–आवश्यकता पूर्ति गरेर निकास र विकास केन्द्रित शक्तिको उत्कट आकाङ्क्षालाई पुरा गर्न सक्छ, सक्दैन ! अहिले नै भन्नु अलिक हत्तार हुनजान्छ । तर, यसको बनावटमा आकार–प्रकार र कार्यशैली लगभग स्पष्ट हुदै गएको छ । निकै नौलो र मौलिक विशिष्टता अपेक्षा गरिएको थियो । त्यसो हुन सकेन । यो दुर्भाग्य हो । तर, तत्काल सच्चिन र सच्च्याउन नसकिने स्थिति छैन । सङ्गठनमा विशिष्ट र विज्ञ अनुहार नामधारी एकाध देखिए पनि तिनीहरु नामका मात्रै हुन कि कामका पनि हुन भन्ने भविष्यले निर्धारण गर्ने नै छ । उनीहरुको विगतमा त्यस्तो खासै विशिष्ट सामाजिक योगदान देखिदैन । कुरो त जसले पनि आफ्नो हैसियत र वजनभन्दा दसगुणा बढी गर्ने गर्छ, उदाहरणीय सही काम र उत्कृष्ट परिणामको आम अपेक्षा हो । यस्तो परिणाम दिएका अनुहार छैनन, हुदै नभएका पनि होइनन, तर, ति नयाँशक्ति सङ्गठनभन्दा बाहिर छन । तसर्थ, साँच्चै नयाँशक्ति नै निर्माण गर्न लागिएको हो भने भजनमण्डली तयार गर्न छाडेर लक्ष्यप्राप्तिका लागी विशिष्टता पहिल्याउनु उचित हुन आउछ ।
वस्तुतः त्यसबाहेक पूर्व माओवादीका केही राम्रा बाहेक अधिकाङ्श सेवा, सुविधा र अवसरको अभावमा छट्पटिएकाहरु छन । छिटफुट अरु पार्टीका प्रवेशीहरुको पनि अवस्था त्योभन्दा फरक छैन । मौका मिल्ने बित्तिकै सबै प्रवृतिहरु सतहमा छताछुल्ल हुनेछन । यसले सङ्गठनको भविष्यमाथि नै आशङ्का सिर्जना गरेको छ । यसरी बनेको नयाँशक्तिको सङ्गठनभित्र एउटा केही आशाका किरण स्वयं डा. बाबुराम भट्टराई छन । उनका सवल पक्ष–सकरात्मक पहलको ब्यख्य–विश्लेषणभन्दा पनि समयको मागलाई पूर्ति गर्न सक्ने शक्ति बन्न र समृद्ध नेपाल हाम्रै पालामा निर्माण गरेर सम्पन्न स्वभिमानी नेपाली भई बाँच्न प्रेरित गरेर सङ्गठनमा केही सङ्गठित भए पनि अधिकाङ्श विज्ञ, विशिष्ट ब्यक्ति र आमजनता सङ्गठनबाहिर रहनुको मुख्य कारकतत्व पहिचान गर्न ढिलाई गर्नु हुदैन । नत्र, नयाँशक्तिको नाममा एउटा साना–ठूला राजनैतिक दल तयार हुने, दुई–चार संसद सिट ओगट्ने, दुई–चार जना नेताहरु सत्ताको स्वाद लिन पुग्नेबाहेक अरु प्रगति र परिणाम देखिदैन । यसो हुनजाने प्रवल सम्भावना बोकेकै कारण सङ्गठनभित्र र बाहिरबाट नयाँशक्ति साँच्चैको जनताको परिवर्तन र समृद्धिको नयाँशक्ति बनाउन तीव्र दबाब दिनु आवश्यक छ । अमुक कुनै एकदुई ब्यक्तिलाई नयाँशक्ति चाहिएको होइन, यो सिङ्गो नेपाली जनतालाई आर्थिक विकास र समृद्धिको लागी चाहिएको कुरा हृदयङ्गम गर्नु जरुरी छ ।
बाबुराम भट्टराई नरहन सक्छन तर, नयाँशक्तिको आवश्यक्ता रहन्छ । नेतृत्वलाई देवत्वकरण गरेर गलत र सुस्तबाटो पनि सही र द्रुतत्तर देख्ने, काम बिग्रेर परिणाम हात नलागेपछि देवता मानेको नेतृत्वलाई नै खुईल्याएर नाङ्गेझार पारेर छाड्ने परम्परा निकै पुरानो हो । सङ्गठनमा यस्ता तत्वहरुको बाहुल्यता रहन गए नयाँशक्ति असफलसिद्ध हुने छ । त्यतिखेर नयाँशक्तिको बहस र आवश्यक्ता जारी रहन्छ । समय निकै घर्किने छ । समयको बर्बादी त छदै छ, नयाँशक्ति भन्ने शब्द नै आमजनतामा एलर्जी हुनेछ । तसर्थ, यसतर्फ अहिले नै ध्यान पु¥याउनु वुद्धिमता भित्र पर्दछ ।
यसले सही कार्यदिशा तय गरेर द्रुतत्तर गतिमा पूर्णरुपले विकासमा होमियोस र हामी पनि सहर्ष सहभागी हुन पाउँ भन्ने आम स्वदेश–विदेशमा रहने प्रगतिशील नेपालीको यथार्थ चाहना हो । कुनै वाद र सिद्धान्तमा अडिग नभई विकासको मुल फुटाएर सफल राष्ट्र बनाउन सके कुन सिद्धान्त, सुत्र प्रयोग भएर यस्तो सफल हुन सकियो ! वाद–सिद्धान्त, इतिहास लेखिदिने ब्यख्य–विश्लेषण गरिदिनेहरु खोजिहिड्नु पर्दैन । यसो गर्न थालियो भने सङ्घर्षका प्रत्येक खुड्किलाहरुमा विवाद र बहस सिर्जना हुन्छ । जसको कारण दुई महिनामा लक्ष्य प्राप्त गर्न सकिने सम्भावनाहरु लम्बिएर दुई बर्षमा पनि अन्यौलग्रस्त रहन पुग्छन ।
स्वदेशमै सके धेरैथोरै लगानी गरौँ, नसके श्रम गरौँ भन्ने विदेशमा रहेका आम नेपालीको ठूलो सपना छ । त्यो सपना–चाहना पुरा गर्न यही शक्ति सक्षम हुन्छ अथवा आवश्यकताले अर्को जन्मन पुग्छ ? त्यो समयक्रमसँगै अवगत हुने छ । विश्वभरी छरिएर रहेका प्रवासी नेपालीहरु कुनै न कुनै रुपले नेपालमा योगदान गर्न चाहन्छन । अधिकाङ्श स्वदेशमै फर्केर स्वयं केही गर्न चाहन्छन । तसर्थ, नयाँशक्तिमा चासो देखाएका हुन । सामान्यरुपमा सामाजिक सुधारका कामहरु गर्ने, पुराना असफल नेतृत्वलाई जवर्जस्त अङ्गालेर पुरानै क्रियाकलापलाई दोहो¥याउने प्रवृतिले डरलाग्दा असफलताका दृश्यहरु प्रकट हुन थालेकाछन । सङ्ख्यात्मक भीड तयार गर्नतिर लाग्नुभन्दा गुणात्मक र वैज्ञानिक स्पष्ट कार्यदिशा तयार गरेर दुई तहमा वैज्ञानिक सफल सङ्गठन निर्माण गर्न तुरुन्त सोच्नु पर्दछ ।
नयाँशक्तिको नयाँ काम भनेकै भएभरका अनुत्पादकहरु नेता बनाएर थुपार्ने काम बन्द गर्नु पर्दछ । तत्कालीन अवस्थामा दस प्रतिशत युवा–प्रौढ, विज्ञ, विशिष्ट ब्यक्तिले इमानदारिताको उदाहरणीय राजनिति गर्नु पर्दछ । बाँकी रहेका नब्बे प्रतिशत बुढा–खाडा, युवाहरु अलिअलि राम्रा–अलिअलि नराम्रा, अलिअलि बुझेका–अलिअलि नबुझेका, अलिअलि सज्जन–अलिअलि दुर्जन, अलिअलि सचेत–अलिअलि अचेत सबै–सबैले त्यही दस प्रतिशतले नब्बे प्रतिशतबाट प्राप्त सुझाव–सल्लाहसमेत समेटेर तयार गरेको फ्रेममा अनुशासित भएर उत्पादन, निर्माण, पुनर्निमाण, खोज–अन्वेषण आर्थिक विकासमा तुरुन्त लाग्नु पर्दछ । एउटा यस्तो सबैको दिमागमा घुस्नु प¥यो कि आर्थिक समृद्धिको लागी उद्यममा लागेर काम गर्नुबाहेक अर्को कुनै विकल्प छैन । त्यसको लागी सर्वप्रथम अनावश्यक हूल–हुज्जत भेला पानर्,े चन्दा–लेबी आतङ्क फैलाउने काम बन्द गर्नु पर्दछ । स्वयं आफ्नो योग्यता के हो ? भारी बोक्न सक्ने कि हलो जोत्न सक्ने ? कि, अरु कुनै नयाँ काम वा नेतृत्व गर्न सक्ने ? नयाँशक्ति निर्माण गर्ने नै हो भने आफ्नै योग्यताको पहिचान गर्न ढिलाई गर्नु हुदैन । नयाँशक्तिको उच्च ओहदामा बसेर ग्लानीभन्दा एक साधारण सदस्य हुँदा गर्वको अनुभूति सिर्जना गर्नुपर्दछ । नत्र, विरोधीले बोल्ने बाटोबाहेक अरु कार्य असफलसिद्ध हुने दृश्यहरु सतहमा देखिदै आएको छ ।

प्रतिक्रियाहरु