नोटमा केरमेट गर्न प्रतिबन्ध

२०७२ चैत्र १ गते, सोमबार

काठमाडौ, १ चैत । सर्वोच्च अदालतले नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले यही फागुन २७ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिक्रियाहरु