बगरमा तरकारी खेति !

२०७२ फाल्गुन २१ गते, शुक्रबार

काठमाडौ, २१ फागुन । कञ्चनपुरमा रहेका खोला किनारहरुमा तरकारी खेती फस्टाउन थालेको छ । कुनैबेला मरुभूमी जस्तै देखिने कञ्चनपुरका खोलाका बगर अहिले हराभरामात्रै भएका छैनन्, स्थानीयको जीविकोपार्जनको स्रोतसमेत बन्दै गएका छन् । कञ्चनपुरका करिब आधा दर्जन बढी खोलाले उब्जाउ जमिन कटान गरी बनाएको बगरलाई यहाँका किसानहरुले आम्दानीको राम्रो माध्यम बनाउँदै आएका छन् । कञ्चनपुरका झण्डै ३ सय बढी किसानहरु अहिले बगरखेतीतर्फ लागेका छन् ।
बगरमा लागाईने लौका, करेला, काक्रा, खरभुजा, भेडेखुर्सानी, गोलभेंडा, फर्सी लगायतका तरकारीबाट थोरै लगानी र कम मिहिनेतबाट एक सिजनमा २ लाखसम्म आम्दानी हुने स्थानीय किसान बताउँछन् । जिल्लाको वनहरा, चौधर, दोदा लगायतका खोला बगरमा कृषकले बेमौसमी तरकारी खेती गरिरहेका छन् । कतिपय किसानले कृषि विकास कार्यालयबाट तालिम लिएर बगरखेती गरिरहेका छन् भने कतिपय किसान अरुको देखेर नै बगरखेतीतर्फ आकर्षित भएका छन् ।

प्रतिक्रियाहरु