ठग कल्सन्टेन्सीका संचालक पक्राउ

२०७२ फाल्गुन २० गते, बिहीबार

काठमाडौं, २० फागुन । इमिग्रेन्ट कन्सल्टेन्सी प्रा.लि.का संचालक पक्राउ परेका छन । कन्सल्टेन्सीका संचालक लम्जुङ्ग चन्द्रेश्वर गाविस–२ घर भएका २२ बर्षीय सुजन लम्साल र पाल्पा रामपुर–२ घर भएका २१ बर्षीय प्रमोद घिमिरेलाई आज प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीको लागि रसियामा पठाई दिन्छु भनी ठगी गरेकाले उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बागबजारमा कन्सल्टेन्सी खोली बैदेशिक रोजगारीको लागि रसियामा पठाई दिन्छु भनि लम्जुङ्ग बेशिसहर नगरपालिका–२ घर भएका २७ बर्षीय विष्णु हरी अधिकारीसंग र २४ बर्षीय राजेश अधिकारी संग ५÷ ५ लाख रुपैया तथा लम्जुङ्ग दुराडाँडा–६ घर भएका २२ बर्षीय साधुराम बसेलसंग १ लाख ५० हजार रुपैयाँ गरी ११ लाख ५० हजार रुपैयाँ लिई रसिया नपठाई ठगी गरेका थिए ।
पीडितहरुले महानगरीय अपराध महाशाखामा आई निवेदन दिएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा विद्यार्थीहरुबाट डकुमेन्ट जम्मा गरी ठुलो रकम लिई मेनपावर मार्फत विदेश पठाउने गरेको खुल्न आएको छ । कन्सल्टेन्सीबाट बरामद हुन आएका १९ थान राहदानी र विभिन्न डकुमेन्ट सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँैमा पठाइएको छ ।

प्रतिक्रियाहरु