प्रधानमन्त्री ओलीको चीन भ्रमण चैत ७ देखि

२०७२ फाल्गुन १५ गते, शनिबार

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी ओली आगामी चैत ७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने लगभग निश्चित भएको छ । हालै भारतको ६ दिने राजकीय भ्रमण गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओली चैत ७ गतेदेखि चीनको भ्रमणमा निस्कन लागेका हुन् । काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमणको मितिबारे मौखिक जानकारी दिइसकेको छ । प्रधानमन्त्रीको चीन भ्रमण बढीमा पाँच दिनको हुनेछ ।
प्रधानमन्त्री काठमाडौंबाट ७ गते बेइजिङ जाने, त्यसको भोलिपल्ट उच्चस्तरीय भेटवार्ता एवं महत्वपूर्ण दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी थालिएको छ । चीनले चैत ९ देखि १२ गतेसम्म हाइननन प्रातनमा आयोजना हुने ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा भागलिन प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रण समेत गरेको छ ।

प्रतिक्रियाहरु