नयाँ शक्तिद्वारा सल्लाहकार परिषद् गठन

२०७२ फाल्गुन १२ गते, बुधबार

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले पाँच सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित परिषदले नयाँ शक्ति र उसको नेतृत्व पंक्तिलाई समसामयिक राजनीतिबारे सल्लाह पेश गर्ने जनाइएको छ । परिषद्का सदस्यहरुमा डा योगी विकाशानन्द, रामचन्द्र भट्टराई, बाबुराम अर्याल र डा लक्ष्मीप्रसाद राई छन् ।
बैठकले राजनीतिक विभागअन्तर्गत दस्तावेज तयार गर्न, विभिन्न राजनीतिक दल, दलसँग आबद्ध व्यक्ति तथा स्वतन्त्र व्यक्तिसँग संवाद गर्न कार्यदलसमेत गठन गरेको छ । बैठकले सबै विभागलाई पूर्णता दिनुका साथै सबै विभागको नीति तथा कार्ययोजनासमेत पारित गरेको छ ।
त्यस्तै बैठकले केन्द्रीय सचिवालयमा केही सदस्य थप गरेको सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जनाएका छन् ।

प्रतिक्रियाहरु