‘दिल्ली संझाैता’ : प्रजातन्त्रकाे भ्रम – भरत दाहाल

२०७२ फाल्गुन ७ गते, शुक्रबार

००७ साल फागुन ७ गते जहानियाँ राणा सामन्ति वर्ग र दलका नाममा संगठित भएर बसेकाे दलाल पूँजीपति वर्गकाे गठबन्धनमा अाधारित शासन प्रणालि अारम्भ भएकाे दिन हाे। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र राणा प्रधानमन्त्री माेहन सम्शेरका बीचमा कांग्रेसलार्इ माेहन सम्शेरकाे सरकारमा सामेल गराउने भनि भएकाे माैखिक सहमति अनुसार फागुन ७ गते त्रिभूवन दिल्लीबाट फर्केका हुन्।
जे चिजलार्इ हामी ‘दिल्ली संझाैता’ भन्ने गर्छाैं, त्यसबारे कुनै लिखित संझाैता भएकाे छैन। नेहरूले सरकारमा कांग्रेसलार्इ सामेल गरेर लैजानु भनि माेहन सम्शेरलार्इ दिएकाे अादेश स्वयं कांग्रेसलार्इ पनि थाहा थिएन।माेहन सम्शेरलार्इ अादेश दिएपछि नेहरूले विपी काेइरालालार्इ हप्काएर सरकारमा सामेल गराएका थिए। माेहन सम्शेरले भारतसंग गरेकाे १९५० काे सन्धिलार्इ मान्ने सर्तमा याे गठबन्धन सरकार बनेकाे थियाे।
‘दिल्ली संझाैता’काे खास अन्तर्वस्तु के हाे भन्ने कुरा बुझ्न जरूरी छ। १९४७ मा अंग्रेजहरूले संझाैता मार्फत त्यहाँकाे दलाल पूँजीपति वर्गका हातमा सरकार हस्तान्तरण गरेपछि नेहरूकाे नेतृत्वमा उदाएकाे नयाँ वर्ग र अंग्रेजहरूसंग विरासत जाेडिएकाे नेपालकाे राणा सामन्ति वर्गका बीचमा एक प्रकारकाे विराेधाभाष पैदा भएकाे थियाे। याे विराेधाभाषलार्इ हल गर्न नेपालकाे सरकारि संरचनामा सुधार गर्न जरूरी थियाे।
भारतकाे दलाल पूँजीपति वर्ग र नेपालकाे सामन्ति वर्गका बीचमा देखापरेकाे याे विराेधाभाषलार्इ अन्त्य गरेर नेपालमाथिकाे नव अाैपनिवेशिकतालार्इ अाफ्नाे अनुकूलतामा जारी राख्न दिल्लीकाे नयाँ सत्ताका लागि अावश्यक पर्याे। यसका लागि सबैभन्दा उपयुक्त बाटाे भनेकाे अंग्रेजहरूकाे अधिनताबाट भारतीय कांग्रेसकाे स्वतन्त्रताका लागि लड्दै अाएकाे नेपाली कांग्रेसलार्इ सरकारमा सामेल गरेर लैजानु थियाे। यहि याेजनामा राणाहरूसंग संघर्षकाे पहिलाे उद्घाेष गर्ने प्रजापरिषदलार्इ उठ्न नदिएर कांग्रेसलार्इ अगाडि सारिएकाे थियाे।
कांग्रेस सरकारमा सामेल भएपछि भारतीय सत्तालार्इ यस्ताे अनुकूलता प्राप्त भयाे। ००७ सालपछि राजा त्रिभूवनकाे सल्लाहकार भारतीय राख्ने र नेपालकाे मन्त्रीपरिषदकाे बैठकमा भारतीय राजदूत उपस्थित हुनुपर्ने जुन सहमति लामाे समयसम्म रह्याे, त्यसैकाे परिणाम केअाइसिंमाथिकाे दमन, भारतीय सैनिक मिसनकाे नेपाल प्रवेश, नेपाली सेनामा भारतीयहरूकाे भर्तिका लागि स्विकृति, भारतीय प्रहरीहरू बाेलाएर गरिएकाे भिमदत्त पन्तकाे हत्या, काेशी संझाैता, गण्डक संझाैता जस्ता घटनाहरू हुन्।
‘दिल्ली संझाैता’ मूलभूत रूपमा ब्रिटीस दलालका रूपमा रहेकाे राणा सत्तासंग उत्पन्न भएका भारतीय सत्ताका विराेधाभाषहरूलार्इ समाधान गर्ने प्रयास थियाे। दलहरू खाेल्न पाउनु/दलका नामबाट चुनाव लड्ने व्यवस्था हुनु नै प्रजातन्त्रकाे पर्याय हाेर्इन। ‘दिल्ली संझाैता’ले कूलिन वर्गका लागि दलिय स्वतन्त्रता दिएकाे हाे। प्रजातन्त्र न ००७ सालमा अाएकाे हाे, न त अाज नै छ। ००७ सालले सरकारी संरचनामा सुधार ल्याएकाे हाे, राज्यसत्ताकाे संरचनामा हाेर्इन। इतिहासका घटनाहरूलार्इ त्यसकाे सारतत्वका अाधारमा हेरिनु पर्छ।

प्रतिक्रियाहरु