सन्दर्भ: माघे संक्रान्तिको , प्रसङ्ग: धर्म,सस्कार र सस्कृतिको – खगेन्द्र छन्त्याल

२०७२ पुष २६ गते, आईतवार

माघे संक्रान्तिलाई चाडको रुपमा किन र कहिले देखि मनाउन सुरु गरियो ? यस पछाडिको कारण के थियो ? स्वार्थ के थियो ? रहस्य के थियो ? र यसको प्रचलन कसले सुरु ग-यो गरायो ? यी प्रश्नको बैज्ञानिक जवाफ मसंग छैनन । निस्चय नै चाड ,पर्व भनेको संस्कृति को गतिला झलक हुन्। मैले बुझेको : धर्म र सस्कृतिको अगाध सम्बन्ध हुन्छ । अर्थात कुनैपनि संस्कृति यो या त्यो धर्म द्वारा प्रत्यक्ष निर्देशित हुन्छ । जस्तै : क्रिसमस ईसाई धर्म , ईद मुस्लिम धर्म र दसैँ हिन्दु धर्मद्वारा निर्देशित चाड हुन् । तत् तत् जनजाति कै चाहनामा गत केहि साल देखि माघे संक्रान्तिलाई छन्त्याल , मगर र थारु समुदायको चाड हो भनेर राज्यद्वारा हुकुम बक्स भएको अवस्था हो। बिज्ञहरु भन्छन – माघे संक्रान्ति पनि दशैँ ,तिहार जस्तै हिन्दु धर्मद्वारा निर्देशित हिन्दु संस्कृति अन्तर्गत कै एक अर्को चाड हो । यदि कुरो त्यसो हो भने माथि उल्लेल्खित तिन आदिवासी जनजातिहरु जो हिन्दु धर्म र बर्ण ब्यबस्था भन्दा बाहिरका समुदायहरु हुन् उनीहरुको चाड कसरि बन्यो त माघे संक्रान्ति ? यो चासोको बिषय हो। यथार्थमा पृथिवीको उत्पत्ति कुनै ईस्वरले गरेको होईन । त्यो त ब्रमाण्डको बिकासको क्रममा अरु ग्रहहरु जस्तै हजारौ बर्षको निरन्तर बिकासको प्राकृतिक प्रक्रियामा भएको हो । ब्रमाण्डमा पृथिवीको उत्पत्ति हुदा र त्यसको धेरै पछि मान्छेको उत्पत्ति हुदा संसारमा न कुनै ईस्वर , न कुनै धर्म , न कुनै सस्कृति र न कुनै जात जाति नै थिए । यी त सबै मानवद्वारा सिर्जित र निर्मित कुराहरु हुन् । मानव उत्पत्ति प्रश्चातको लामो समय एउटा मानव समाज अर्थात आदिम साम्यवादी युगमा कुनै ईस्वर भगवान , धर्म सस्कृति र जात- जातिका परिकल्पना गरिएको थिएन । मानव समाजले जव दोस्रो चरण अर्थात दास युगमा प्रवेस ग-यो तव त्यससंगै व्यक्तिगत सम्पतिको पनि ब्यबस्था भयो । व्यक्तिगत सम्पतिको ब्यबस्था भएसगै धनि गरिव , ठुलो सानो र उच निचको परिपाटी बन्यो । जब यी धनि गरिव , ठुलो सानो र उचनिचको परिपाटी बन्यो तव ईस्वर भगवान, देवता र राक्षस , धर्म र सस्कृति अनि जात र जातीको पनि परिकल्पना र ब्यबस्था गरिए । दास युगदेखि सुरु गरिएको यो परिपाटीलाई समाजको एउटा बर्ग जसले आफुलाई धनि, ठुलो र माथिको ठान्छ उसले आफ्नो बर्ग स्वार्थको निम्ति समाज बिकासको अरु चरणहरु सामन्तवादी युग र हालको पुजिवादी र साम्राज्यबादी युगमा पनि बिकसित र ब्यबस्थित गर्दै टिकाई रह्यो । निश्चय नै समाज बिकासको अर्को चरण अर्थात बैज्ञानिक साम्यवादी युगमा जब व्यक्तिगत सम्पतिको अन्त्य हुन्छ तव धनि गरिव ,उच निच र ठुलो सानोको परिपाटीको अन्त्य हुन्छ जव यो परिपाटी को अन्त्य हुन्छ तव ईस्वर भगवान , देवता राक्षस . धर्म सस्कृति र जात जाति का व्यवस्थाको पनि स्वत अन्त्य भै वर्ग बिहिन र विभेद बिहिन समाजको स्थापना हुन्छ । अत : सबै धर्म सस्कृति र चाड पर्वको जस्तै माघे संक्रातीको हकमा पनि यहि कुरा सत्य हो । आध्यात्मबादीहरू भन्छन- मान्छे मरे पश्चात पुगिने ठाउ दुई वटा हुन्छन । एक : स्वर्ग र अर्को : नर्क । अर्थात धर्म सस्कार र सस्कृति मान्नेहरु स्वर्गमा जान्छन नमान्नेहरु नर्कमा जान्छन । भौतिकबादीहरु भन्छन- मान्छेको मृत्यु पश्चात उसको शरीर एक मुट्ठी खरानी बनेर फोहोरमा मिल्न जान्छ । त्यो भन्दा अर्को थाऊ कहिँ जादैन । तसर्थ ईस्वर , भगवान , धर्म सस्कार र सस्कृति हरु मान्छेद्वारा नै सिर्जित चिजहरु भएको कारण यि चिजहरुमा ईच्छा र आस्था नहुनेहरुले नमान्दा पनि आध्यात्मबादीहरुले भने जस्तो कुनै अनिस्ट चाहि हुदैन । तर बिबिध भ्रम र बाध्यताको कारण परम्परादेखि मान्दै आएको र त्यसलाई एउटा अनिबार्य सस्कारको रुपमा ग्रहण गर्दै आएको कारण धर्म सस्कार र सस्कृति मानिरहेका मान्छेहरुलाई ति चिजहरुले बिषालु नशाले झैँ नराम्रो संग लट्ठाएको हुन्छ। सायद, यस्तै देखेर होला कार्ल मार्क्शले उल्लेख गर्नु भएकोछ ” धर्म जनताको निम्ति अफिम हो ” । त्यसकारण मान्छेको शरीरमा पुस्तौ पुस्तादेखि जबर्जस्त चढेको यो नशालाई रातारात उतार्न खोज्नु मुर्खता सिवाय केहि होईन । हर जो कोहिले ति चिजहरुलाई मान्ने ईच्छा चाहना राख्छ र उसले त्यसलाई मान्छ भने उसको त्यो स्वतन्त्रतालाई पनि कदापि कुल्चनु हुदैन । बरु उसलाई बिज्ञान ,प्रबिधितिर आकर्सित गराउदै बिस्तारै स्वतस्फुर्त ढंगले उ आफै त्यसप्रकारको नशावाट मुक्त हुने वातावरण बनाउनु पर्दछ । साथै बिज्ञानको बिकास र परिवर्तनको गति संगै समय सापेक्ष ढंगले र जनताको जीवन सुहाउदो किसिमले धर्म सस्कार र सस्कृतिहरुको परिमार्जन पनि गर्दै गराउदै जानुपर्दछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु