देउवाको दिवा भोज , सभापतिका लागि सहयोग गर्न आग्रह

२०७२ पुष २२ गते, बुधबार

काठमाडौैँ, २२ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी १३औँ महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न आह्वान गरेका छन । आज आयोजित दिवा भोज कार्यक्रममा उनले आफूलाई सभापतिमा सहयोग गर्न पार्टीका नेताहरुसँग आह्वान गरेका हुन् । पार्टीलाई उत्साहका साथ समावेशी समानुपापतिक सिद्धान्तका आधारमा अगाडि बढाउने उनले अठोट व्यक्त गरे ।
नेपालमा प्रजातन्त्रप्रति पूर्ण विश्वास राख्ने पार्टी नेपाली काँग्रेस नै रहेको र अरु पार्टीलाई अझै पनि पूर्ण विश्वास नभएकाले प्रजातन्त्रलाई सुदृढ गराउनेतर्फ आफूले पार्टीलाई लैजाने नेता देउवाले बताए । “संविधानको कार्यान्वयन, विकास निर्माणलगायत विषयमा मुलुकमा धेरै चुनौती रहेकाले त्यसको सामना गर्ने जीवन्त पार्टीको रुपमा काँग्रेसलाई स्थापित गर्नुपर्ने आवश्यकता छ,” उनले भने । दिवा भोजमा देउवा पक्षकाबाहेक संस्थापन पक्षका मानिने महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य नरहरि आचार्य, महेश आचार्य, डा मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशीलगायत नेताको सहभागिता थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु