कार्यदलले समाधान दिन सक्दैन : यादव

२०७२ पुष २१ गते, मंगलवार

काठमाडौं, २१ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शीर्ष नेताले समाधान दिन नसकेको विषय कार्यदलले टुंग्याउन नसक्ने टिप्पणी गरेका छन् । मधेसी मोर्चाका तर्फबाट सरकारसँग वार्ता गर्न कार्यदल बनाएलगत्तै अध्यक्ष यादवले कार्यदलको कार्यकुशलता माथि नै प्रश्न उठाएका हुन् । वीरगन्जमा मंगलबार सन्चारकर्मीहरुसँग उनले सरकार र तीन दलले मोर्चालाई वार्तामा बोलाएझैं गरी जनताको आँखामा छारो हाल्न खोजेको आरोप लगाए । ओली सरकार अहिलेसम्मकै असफल र अक्षम भएको आरोप लगाउँदै यादवले सरकार र तीन दलले आन्दोलनको सम्बोधन नै नचाहेको दाबी गरे । उनले सदनमा पेश गरेको संविधान संशोधन विधेयकको अर्थ नभएको बताउँदै सीमांकन नसच्याएसम्म आन्दोलन नटुंगिने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु