‘चिनिया विशेषतासहितको समाजवाद’ सेमिनारको सम्झना – हस्तबहादुर केसी

२०७२ पुष २१ गते, मंगलवार

२०१५ जुलाई १४ र १५ (२०७२ असार २९ र ३०) गते चीनको राजधानी बेइजिङ स्थित चिनीया कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागको सभाकक्षमा ‘चिनीयाँ विशेषतासहितको समाजवाद’ नामक सेमिनार सम्पन्न भयो । यस सेमिनारको आयोजना चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभाग क्ष्म्ऋएऋ ले गरेको थियो । त्यस सेमीनारमा भाग लिनका लागि चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रणा र तत्कालीन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीको निर्णय बमोजिम मेरो नेतृत्वमा पाँच सदस्यीय एक अध्ययन टोली १४ जुलाई २०१५ का दिन चिनको राजधानी बेइजिङ पुगेको थियो । त्यस टोलीमा केन्द्रीय सदस्यहरु द्धेय देवेन्द्र श्रेष्ठ ‘दीवाकर’ र कुमारी मुक्तान तथा कास्की जिल्ला पार्टी सचिव अर्जुन छन्तेल र भोजपूरकी दुर्गा राई हुनुहुन्थ्यो । हाम्रो पार्टी बाहेक नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल मजदुर किसान पार्टी र नेपाली काँग्रेस बाट ५–५ जना प्रतिनिधी गरी २० सदस्यीय टोली त्यस सेमिनारमा भाग लिनका लागि त्यस दिन बेइजिङमा पुगेको थियो ।
सेमिनारको पहिलो दिन अर्थात् १४ जुलाइृ २०१५ का दिन चिनीयाँ कम्युनिष्ट पार्टीको विदेश विभागको मुख्य कार्यालय९ज्भबम त्रगबचतभच या क्ष्म्ऋएऋ० मा ‘चिनीया विशेषता सहितको समाज’ का बारेमा अर्थविद्हरु९भ्हउभचतक० द्धारा स्पष्ट ९द्यचष्भाष्लन० पार्ने उद्देश्यले दिनको ३ बजे ऋएऋ ऋभलतचब िऋयmउष्अिबतष्यल बलम त्चबलकायचmबतष्यल द्यगचभबग ले उक्त सेमिनारको आयोजना गरिएको थियो । त्यस सेमिनारमा अर्थविद९भ्हउभचतक०हरुले चिनीया विशेषता सहितको समाजवादको अर्थ–राजनीतिका बारेमा प्रस्ट्याउने कोसिस गरेका थिए । त्यस अवसरमा अर्थविद्ले दिएको म्बतब अनुसार चिन विश्वकै दोस्रो ठूलो धनी देश भएको, खुला बजारी अर्थतन्त्र लागु गरिएको, ६५ प्रतिशत नीजी र ३५ प्रतिशत सरकारी लगानी रहेको, चिनीया जनताको ५१ प्रतिशतलाई सहरीकरण गरिसकिएको र आगामी १० वर्ष भित्रमा ७० प्रतिशत चिनीया जनता लाई शहरीकरण गर्न सक्ने लक्ष्य रहेको चिनीया जनताको प्रतिव्यक्ति आयश्रोत ७००० अमेरिकी डलर९ग्क् म्यििबच० रहेको, व्यापार–उद्योग र पर्यटन उद्योगहरुलई आर्थिक आयश्रोतको मुख्य कडी बनाइएको बारेमा प्रष्ट पार्ने कोसिस गरिएको थियो ।
चीनमा ९० प्रतिशत हान जाती रहेको र १० प्रतिशत मात्र रहेको ९० प्रतिशतमा हान जातीहरुको दम्पती हरुले एउटा मात्र बच्चा पाउनुपर्ने नियम रहेको र अन्य १० प्रतिशतमा रहेका जातीहरुलाई जति बच्चा पाउन पनि छुट दिइएकोमा ९० प्रतिशतमा रहेका हान जातीका दम्पत्तीहरुलाई एक मात्र सन्तान पाइने नियमले गर्दा वृद्ध वद्धाहरुको संख्या दोब्बर बन्न गई युवाजनशक्तिको ह्रास हुँदै गएपछि हालै मात्र चिनीया सरकारले ९० प्रतिशतमा रहेका हान जाती का दम्पतीहरु २ वटा सम्म बच्चा जन्माउन पाउने नियम बनाईएको त्यस सेमिनारमा जानकारी गराईएको थियो ।
सन् १९७८ –१९८० को बीचमा चीनमा ठूलो भोकमारी परेको र चिनीया जनता भोकभोकै मर्न बाध्य भएको जानकारी गराईएको थियो र सन् १९६६ –१९७६ सम्म जम्मा दश वर्षसम्म क. माओको नेतृत्वमा संचालन गरिएको सांस्कृतिक क्रान्तिले गर्दा चीन आर्थिक रुपमा ठूलो भागमा छिन्न भिन्न हुन पुगेको र त्यसले चीनमा ठूलो भोकमारी समस्या निम्त्याईएको जानकारी गराइएको थियो ।
सन् १९९६ पछि चीनले तेस्रो विश्वयुद्धको तयारी गर्नु परेकाले पनि चीन आर्थिक रुपमा धेरै पछाडी पर्न गएको उल्लेख गर्दै सन् २००३ मा चीनले ध्त्इ को सदस्यता पछि खास गरी सन् २००८ देखि आर्थिक सम्पन्नताको बाटोमा अगाडी बढेको हो र आज आएर चीन विश्वकै ठूलो धनी देश बन्न र ती अर्थवीद् ९भ्हउभचतक० हरुले त्यस सेमिनारमा घोषणा गरेका थिए ।

२०१५ जुलाई १५ (२०७२ असार ३०) का चीनीया कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागका उपमन्त्री ःच। म्यग भ्लथयलन, ब्ककष्कतबलत ःष्लष्कतभच या क्ष्म्ऋएऋ को उपस्थितिमा बेइजिङमा दोस्रो स्तरमा सोही हलमा चिनीया कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभाग अर्थात् म्ष्चभअतयच न्भलभचब,ि द्यगचभबग ज्ञ क्ष्म्ऋएऋ ले आयोजना गरेको ‘चिनीया विशेषता सहितको समाजवाद’ विषयक सेमिनारमा भाग लिएका थियौ र अन्तरराष्ट्रियात्मक रुपमा संचालन भएको त्यस सेमिनारमा आयोजकहरुको तर्फबाट ‘चिनीया विशेषता सहितको समाजवाद’भनेको विशुद्ध समाजवाद नै हो , अर्को थोक हुँदै होइन । वैज्ञानिक समाजवादका आधारभूत सिद्धान्तलाई छोड्नु हुँदैन । यसो गरेनांै भने समाजवाद हुँदैहुँदैन । कुनै मुलुकले कस्तो सैद्धान्तिक बाटो चुन्नुपर्छ भन्ने कुरा त्यस मुलुकले सामना गरिरहेका समस्याहरुलाई त्यस सैद्धान्तिक बाटोले सामना गर्न सक्छ कि सक्दैन भन्ने कुरामा आधारित हुन्छ । इतिहास र यथार्थ दुवैले हामीलाई देखाएका छन् कि समाजवादले मात्र चीनलाई बचाउन सक्छ र चिनीया विशेषताहरु सहितको समाजवादले मात्र चीनको ििवकास गर्न सक्छ । यो निष्कर्ष ऐतिहासिक अनुसन्धान र जनताको छनोटको परिणाम हो । भन्ने कुरा प्रष्ट्याउने कोसिस गरिएको थियो । उक्त सेमिनारमा अगाडी भनिएको थियो –‘हामीले कुन मार्ग अनुशरण गर्ने ? भन्ने कुरा पार्टीको भविष्य र यसको अभिष्ट सिद्धिको निम्ति यो अति महत्वपूर्ण प्रश्न हो । चिनीया विशेषताहरु सहितको समाजवाद भनेको वैज्ञानिक समाजवाद र चिनीया इतिहासको सामाजिक विकासका सिद्धान्तहरुको एकिकृत रुप हो । समाजवादले चीनमा जरा गाडिसकेको छ र यसले मात्र जनताका चाहनाहरुलाई पुरा गर्न सक्दछ । यो सबै पक्षबाट औसत रुपमा समृद्ध समाज निर्माण गर्ने, समाजवादी आधुनिकीकरणलाई तीव्रतर गति प्रदान गर्ने सुनिश्चित मार्ग हो ।अझै अगाडी बढेर भनिएको थियो कि तङ श्याओपिङले अगाडि सारेको ‘तीन प्रतिनिधित्वको महत्वपूर्ण विचारधारा, अर्थात् –१) चीनीया कम्युनिष्ट पार्टीले सधैंभरी चीनको सबैभन्दा अघी बढेका उत्पादक शक्तिको आवश्यकतालाई , २) चीनको सबैभन्दा अघि बढेको सांस्कृतिक कार्यदिशाका आवश्यकतालाई र ३) व्यापक बहुसँख्यक चिनीया जनताका आधारभूत हित रक्षाको आवश्यकतालाई प्रतिनिधित्व गर्नु पर्दछ ।’ भन्ने रहेको उल्लेख गरिएको थियो । यो नै चिनीया समाजवादको महत्वपूर्ण घटक र चिनीया कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त हो । समेत भनिएको थियो ।
चीनीया समाजवाद चीनीया विशेषतासहितको समाजवाद भएकाले सुरु लगायत अन्य देशहरुमा असफल भए झैं गरि असफल हुन नसक्ने दाबी समेत गरिएको थियो ।
हाल चीनीया कम्युनिष्ट पार्टीसँग ८ करोड ८० लाख पार्टी सदस्य रहेको जानकारी गराइएको थियो र चीनीया कम्युनिष्ट पार्टीको सबभन्दा तल्लो कमिटी सेल कमिटी रहेको र यो सबैभन्दा मजबुद पार्टी संगठन रहेको जानकारी गराइएको थियो । अगाडि भनिएको थियो सेल कमिटी नै चीनीया कम्युनिष्ट पार्टी र चीनीया जनताको ज्यान हो भनिएको थियो । ‘सेन कमिटी ले चीनीया कम्युनिष्ट पार्टी नै रहँदैन र अन्तमा चीन पनि रहने छैन ’भनिएको थियो । चीनमा कम्युनिष्ट पार्टीले सेल कमिटीलाई सबैभन्दा बढि महत्व दिइएको पाइन्छ ।
त्यस सेमिनारमा हाम्रो टोलीमा संलग्न ४ वटै पार्टीका टोली प्रमुखहरुले आ–आफ्नो पार्टीको तर्फबाट विचारहरु राख्ने काम भएको थियो । टोलीमा संलग्न रहेका अन्य साथीहरुले पनि आआफ्ना धारणाहरु राख्नुभएको थियो । र यस विषयमा अन्यत्र पनि लेखिएको छ । सेमिनार अन्तक्र्रियात्मक रहेको थियो । चीनले नेपालका भुकम्पपीडित हरुको उद्धार कार्यमा अत्यन्तै महत्वपूर्ण सहयोग पु¥याएको र पुननिर्माण गर्ने भनिएको सहयोगका बारेमा पनि राम्रो छलफल भएको थियो । र नेपालमा जारी गरिने तयारी गरिएको प्रतिगामी संविधानका बारेमा लामो छलफल भएको थियो र त्यस पछि नेपालमा उत्पन्न हुन सक्ने विरोध र जनविद्रोहका बारेमा पनि राम्रै अन्तक्र्रिया गरिएको थियो ।
सेमिनारको समापन पश्चात मुख्य अतिथि –चीनीया कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री ९ब्ककष्कतबलत ःष्लष्कतभच या क्ष्म्ऋएऋ० ःच।म्यग भ्लथयलन ले दिवाभोजको आयोजन ागर्नुभएको थियो । त्यस दीवाभोजमा हामी सरिक भयौं ।
त्यस सेमिनारमा ११ दीवसीय नेपाली अध्ययन भ्रमण टोलीको तर्फबाट कार्यक्रम प्रस्तुत गर्नका लागि एक जना टोली लिडरको आवश्यकता पर्ने भएकाले चारवटै पार्टीको सहमतिमा नेपाल कम्युनिष्ट पार्टी (माले) का पोलिट ब्यूरो सदस्य नारायण प्रसाद आचार्यलाई टोली लिडर चयन गरेका थियौं ।
दीवाभोज पश्चात उहाँले प्रमुख अतिथि म्यग भ्लथयलन समक्ष समग्र टोली लिडरको तर्फबाट चीनीया कम्युनिष्टलाई चीनको विविध क्षेत्रको अध्ययन भ्रमण गर्ने मौका दिएर अविस्मरणीय गुण लगाएकोले धन्यवाद ज्ञापन गर्दै आफ्नो लिखित मन्तव्य प्रस्तुत गर्नुभएको थियो । त्यसपछि प्रमुख अतिथि भ्लथयलन ले आफ्ना कुरा राखेपछि कार्यक्रम सम्पन्न भएको थियो । त्यसको विदाईको क्रममा सामुहिक फोटाहरु पनि खिचाएका थियौँ ।
वर्तमान चिनिया शासकहरुले चीनमा चिनिया विशेषता सहितको समाजवाद लागु गरिरहेका छौँ भनिरहेका भए तापनि चीनको वर्तमान अर्थराजनीतिको विश्लेषण गर्दा र चीनले जुन आज खुला बजार अर्थतन्त्र, निजीकरण, उदारीकरण जस्ता पुँजीवादी अर्थतन्त्रका नियमहरुलाई पालना गरेको छ, यसले के स्पष्ट पार्छ भने आज चीन समाजवाद होइन, एकाधिकार पुँजीवादको बाटो अगाडि बढिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु