बस दुर्घटनामा, ६ जनाको मृत्यु

२०७२ पुष १९ गते, आईतवार

काठमाडौं, १९ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा शनिबार राति रात्री बस दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये चारजनाको मात्र सनाखत भएको छ । सनाखत हुनेमा बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय चुरक साह छन् । दुर्घटनामा परी अन्य १६ जना घाईते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नारायणघाटबाट नेपालगन्जका लागि जांदै गरेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदेह नगरपालिका १० घोडाहा जंगलमा अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते चार जनाको भरतपुर अञ्चल अस्पताल चितवनमा उपचार भईरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु