मधेसी मोर्चा भावी कार्यक्रम तय गर्न छलफल गर्दै

२०७२ पुष १२ गते, आईतवार

काठमाडौ, १२ पुस । मधेसी मोर्चाले दलहरुसँगको वार्ता र भावी कार्यक्रम तय गर्न छलफल गर्दैछ । नाका फेरि अवरोध गर्ने तयारीमा जुटेका मोर्चाका नेता कार्यकर्तालाई प्रशासनले बल प्रयोग गरेर हटाएपछि मोर्चाले थप छलफल गर्न लागेको हो । जोगवनी नाकामा धर्नामा बस्न गएका सद्भावनाका अध्यक्ष राजेन्द्र महतोससहितका नेता कार्यकर्तालाई हिजो नेपाल प्रहरी र भारतीय एसएसबी दुईटैले सीमा नाकाबाट हटाएका थिए ।
आज दिउँसो काठमाडौमा मोर्चाको बैठक बसेर सरकारलाई महतोमाथि गरेको बलप्रयोगमा माफी माग्न आग्रह गर्ने र थप कार्यक्रम तय गर्ने सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार मोर्चाको बैठक दिउँसो बस्नेछ ।

प्रतिक्रियाहरु