माओवादीद्वारा केएफसीका कन्ट्री डाइरेन्टरको गाडीमा आगजनी

२०७२ पुष ११ गते, शनिबार

काठमाडौं, ११ पुस । नेकपा माओवादीका कार्यकर्ताले आज बिहान केएफसीका कन्ट्री डाइरेक्टर रोहित कोहलीको गाडीमा आगजनी गरेका छन् । राजधानीको गल्फुटारस्थित कोहलीको निवासमै बा.८च ६३६६ नं. को गाडीमा माओवादी कार्यकर्ताले आगजनी गरेका हुन् । केएफसीले गत वैशाख १३ गते गएको विनाशकारी भूकम्पलाई कारण बनाई ४५ जना मजदुरलाई निस्काशन गरेको, कम्पनीको मूल्य मानयताविपरीत सञ्चालन गरी मजदुरमाथि शोषण गरेकोलगायतको आरोप लगाइएको छ । माओवादीले भ्रष्ट र शोषकमाथि चलाउँदै आएको कार्यक्रमको निरन्तरताकै रुपमा कोहलीमाथि यो कारवाही गरेको बताएको छ ।

प्रतिक्रियाहरु