मन्त्रिपरिषद बिस्तार हुदै

२०७२ पुष ९ गते, बिहीबार

काठमाडौ, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको विस्तार गर्ने बताइएको छ । आज थपिने मन्त्रीहरुलाई साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी भएको छ । आज एमालेकै रबिन्द्र अधिकारी, राप्रपाका दिपक बोहोरा, समाजवादी जनता पार्टीका पे्रमबहादुर सिंह र परिवार दलको तर्फबाट एकनाथ ढकाललाई सपथ ग्रहण गराउने तयारी रहेको स्रोतले बताएको छ ।
यसैबीच आजै दिउँसो मन्त्रिपरिषद बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयगत नियमित एजेण्डाका साथै समसामयिक विषयमा पनि छलफल हुने सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री शेरधन राइले जानकारी दिए ।
यसैबीच पछिल्लो पटक सरकारले राखेको ३ बुँदे प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेपछि अब कसरी वार्ता र छलफललाई अघि बढाउने भन्ने विषयमा पनि सरकार आन्तरिक गृहकार्यमा लागेको पनि राईले बताए ।

प्रतिक्रियाहरु