डिस होम र नेपाली मिडिया – शिव डुम्रे

२०७२ पुष २ गते, बिहीबार

करिब ४ बर्ष अगाडीदेखी नेपालमा सञ्चालित भारतीय एजेन्सीको रुपमा रहेको डिस होम मिडिया नेटर्वक प्रा.ली. लाई नेपालको ‘टप क्लास कर्पाेरेट’ अन्तर्गतको मिडियाका रुपमा मानिदै आएको थियो । व्यवस्थापनको हिसाबले जुझारु, सिर्जनात्मक र नयाँ विचारमा आधारित भन्ने मोटोका साथ नेपालमा सुरु गरेको केही बर्षमै जंगली च्याउसरी पैलिएको डिस होमले पछिल्लो समय निकै विवाद निम्त्याएको थियो । थोरै नेपाली, धेरै हिन्दी र अलिकति अंग्रेजी च्यानलहरु मिसाएर सञ्चालित गरिएको स्याटालाईटबाट प्रसारीत भनिने डिस होम स्याटालाईटबाट नभएर भारतीय भूमिको सौर्य कम्पनबाट सञ्चालित हुन्छ, तर देखाउनको लागी स्याटालाईटको माध्यम बनाएको भएपनी डिस होम आजसम्म अन्तराष्ट्रिय मिडिया प्रा.ली.को मापदण्ड पुरा नगरेको आरोपमा दर्ता हुन सकेको छैन । नेपालको हिमाली भुभागदेखी उत्तर दक्षीण सम्म र तराई फाँटसम्म सबैलाई समानखाले टेलिभिजन दृश्य दिने भनिने डिस होममा करिबकरिब सयको हाराहारीमा हिन्दी च्यानलहरु मात्रै प्रसारण हुन्छ ।
समान र सन्तुलित अनवरत र निरन्तर प्रसारण गरिने भनिने टेलिभिजन डिस होमले कत्तिसम्म दुख दिन्छ भन्ने डिस होम जडान गरेका सबैलाई थाहा छ । एउटा घटना स्मरण गरौं, नेपालमा जन्मेका गौतम बुद्ध भारतमा जन्मेको भनेर जीवन प्रशारण गर्दा डिस होमका विरुद्धमा नेपालमा नाराबाजी भएपनि डिस होमले जिटीभि भनिने च्यानल बन्द नगरेर प्रशारण बापत ४० महिनाको विद्युत शुल्क करिब २० करोड भारतलाई नतिर्ने सहमति गरेको थियो । यस्तो डिस होमलाई भारतले नाकाबन्दी गर्यो यसको लागी भारतीय च्यानल केही समय बन्द गरिदिन आग्रह गर्दा बन्द गर्न नटेर्नु भनेको राष्ट्रद्रोह नै हो अरु होईन ।
एउटा मिडियाकर्मीको पेशागत हिसाबले डिस होमप्रति भएको आक्रमणले त्यति धेरै आनन्द पक्कै पनि दिएन । तर जब जब देश संकटमा घेरिन्छ, जनता पीडामा हुन्छन्, राजनीतिक अस्थिरता बढ्छ र देशको अस्मिता, स्वाधिनता र राष्ट्रियता संकटमा पर्छ त्यतिबेला मिडियाले जनताको आक्रोशलाई मन्द बनाउन सक्नु पर्छ, देशको स्वाधिनताको बारेमा, राष्ट्रियताको बारेमा बोल्न सक्नुपर्छ, लेख्न सक्नुपर्छ दुई चार अक्षरहरु देशको नाममा, व्यक्त गर्नुपर्छ एक दुई सम्पादकीयहरु जनतालाई उर्जा दिने गरी । तर नेपाली मिडियाहरु कहिलेकाहीँ बोल्नुपर्ने भन्दा धेरै बोलिदिन्छन्, कहिलेकाहीं लेख्नुपर्ने भन्दा थोरै कन्जुसायी गरेर लेखिदिन्छन्, आवश्यक भन्दा धेरै राष्ट्रवादी बनिदिन्छन् अनी जब बोल्नुपर्छ तब चुप बस्छन्, जब लेख्नुपर्छ तब निष्क्रिय बन्छन । आज देश भारतीय नाकाबन्दीबाट आक्रान्त बनिरहेको छ । मधेस आन्दोलनले निकास पाएको छैन, भारतले नेपाललाई यति कमजोर बनाईसकेको छ कि कुनै नेपाली भारतविरोधी हुन नसकेको छैन । त्यस्तो अवस्थामा भारतीय सञ्चालकद्वारा सञ्चालित नेपालमा विस्तारवादको पराकाष्टको नमुना बनेर चल्दै आएको डिस होमबाट पटकपटक गौतम बुद्ध भारतमा जन्मेका हुन भन्ने जीवन प्रसारण गराउने भारतीय जिटिभी, तराई–मधेस भारतीय उपयोगको जमिन भनेर बेलाबेलामा भुक्ने भारतीय टाईम्स, भुकम्पको बेला सगरमाथामा पुगर भत्किएको नेपाल होईन चीनको अबलोकन गराउने आज तक, जस्ता च्यानलहरु नेपाली सिमानमा पुगेर गोली चलाउने एसएसवीलाई संरक्षण गराउने स्टार न्यूज, भारतीय नाङ्गा र अभद्र चलचित्रहरु प्रसारण गर्दागर्दै नेपाली राष्ट्रियता र स्वाधिनतामाथी आँच पु¥याउने यस्ता च्यानलहरु प्रसारण गर्दै आएको डिस होमलाई व्यवसायिकताबाहेकका अरु केही थाहा थिएन ।
पेरिसमा चार्ली हेब्डो पत्रिकाको कार्यालयमा आक्रमण भएपछि विश्वव्यापी रुपमा मिडिया मालिकाका उदाङ्गो चरित्र देखिएको थियो आज नेपालमा भएका केही मिडियाहरु भारतीय नकाब ओढेर नेपाली अस्मितामाथी बलात्कार गर्दैछन् भने कुनै नेपालीहरु हिन्दी च्यानल नहेरेर बस्न सक्छ यो पौने तीन करोड नेपालीको प्रतिज्ञा हुनुपर्छ । नेपालमा सञ्चालित केही मिडियाका मालिकहरु भारतीय भत्ताबाट सञ्चालितमात्र होईनन, भारतीय कर्मचारीतन्त्र राम्रै पक्कड राख्ने मानीसहरु हुन् । नेपाललाई भारतले मिडियाको दृष्टिले कसरी हेर्छ भन्ने कुरा नेपालमा गएको भुकम्पमा भारतीय मिडियाको भुमिकालाई पटकपटक दोहो¥याउनु नपरोस् । आज नेपालमा सञ्चालित कतिपय ठुला भनिने मिडिया कम्पनीहरु चाहे डिस होम हुन या कान्तिपुर पब्लिकेशन, या रफत हुन्, या रिपोटर्स क्लब या यस्तै यस्तै मिडिया प्रा.ली. हुन् नेपालमा भारतीय नाकाबन्दीले हद नाघिसक्दा समेत घोषित नाकाबन्दी भन्न नसक्ने यस्ता मिडियाका तुच्छ विचारका मालिकहरुलाई भारतीय कम्पनीले कागज र विद्युत निशुल्क दिएको तथ्य कुन मिडियाले लेख्न सकेको छ र । नेपालमा गणतन्त्र दिबस आउँदा एउटा छेऊमा सानो समाचार लेख्न सरकारसँग बार्गेनिङ गर्ने पत्रकारितामा बोचेको नेपाली मिडिया र भारतीय गणतन्त्र दिवसको दिन दुई पृष्ठ भारतीय झण्डाअंकित पृष्ठ प्रदान गर्दै बडे बडे अक्षरमा भारतीय गणतन्त्र दिवसको शुभकामना लेख्ने नेपालका कथित राष्ट्रिय दैनिक पत्रिकाहरु कान्तिपुर, नागरिक, अन्नपुर्ण र अन्य सबैखाले छापा मिडियाहरु र विद्युतीय मिडियाहरु, श्रव्य र दृश्य मिडियाहरुलाई एउटा प्रश्न मात्र के हो भने नेपालविरुद्ध लागेको भारतका विरुद्ध कुन चाहीँ मिडियाले सम्पादकीयमा कालो पोत्न सके ? कुन चाहिँ नेपाली पत्रकारले नेपाली जनताविरुद्ध लागेको भारतीय नाकाबन्दी विरुद्ध हातमा कालो पट्टी बाधेर विरोध गर्न सके ? कुन चाहीँ पत्रिका, टेलिभिजनले भारतीय नाकामा पुगरे नाकामा दुख पाउने नेपालीको रिपोर्ट प्रसारण गर्न सके ?
पत्रकारिता व्यवसाय र मिसनको मात्रै होईन पत्रकारिता राष्ट्रिय स्वाधिनताको पक्षमा पनि हुनुपर्छ, पत्रकारिता लगानीकर्ताको नुन खाएर गुन गाउनमात्र होईन, पत्रकारिता राष्ट्रिय स्वाभिमानको लागी लड्नु पनि हो । पत्रकारिता जाडँ पार्टीको बयाँनमात्र होईन, सिमानामा भएको अलोकतान्त्रिक पक्षपातको भण्डाफोर पनि हो ।
कहिलेकाहीँ पत्रकारितामा यो पार्टी र उ पार्टी भनेर मात्र, यो पक्ष र उ पक्ष भनेर मात्र अनी यो गुट र उपगुट भनेर मात्र नपुग्दो रहेछ, बरिष्ठ भनिने कनकमणि दिक्षितले मानवअधिकारको नाममा बेलायतबाट डलर ल्याएर गरिने बेलायति पत्रकारिता, राजकर्णीकारहरुले जापानी प्रविधि भित्र्याउने नाममा गरिने पत्रकारिता, कान्तिपुर पब्लिकेशनले सकेसम्म नदेखिने गरि गरिने भारतीय नकापधारी पत्रिका, कैलाश सिरोहियाको भारतीय बैकं खातामा आउने पैसा, केही बरिष्ठ भनिने पत्रकारको तलब भन्दा भारतीय भत्ता धेरै भएपछि जनता नेताको मात्रै होईनन पत्रकारको कठालो समाउँन आउने दिन कुर्न धेरै पर्दैन ।
नेपाली मिडियाका बारेमा बिजयकुमारले ‘खुसी’मा चाबी कस्को हातमा ? भन्ने उपशिषर्कमा दनक्कै लेखेका छन्, त्यसमा विजयकुमारले केही प्रशसं छोडेका थिए किनकी मैले अघिनै भनिसके नेपाली पत्रकारहरु कहिलेकाही चुप बसिदिन्छन कहिलेकाहीँ धेरै बोलिदिन्छन् । विजयकुमारले बोल्न कन्जुसाई गरे यदि कन्जुसाई नगरेको भए उनले मदन पुरस्कार पाउन सक्थेनन्, जे गरे त्यो उनैलाई थाहा होला, तर उपनिवेश बनाउन चहाने भारतले नेपाल कब्जा गर्नुपुर्व यहाँका मिडिया कब्जा गर्न चहान्छ, त्यसको प्रयोग उसले डिस होमबाट ग¥यो, जसको पुष १ को एकाविहानै एउटा पुत्ला दहन भएको छ, मिडियाको दास्रो प्रयोग उस्ले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाबाट गर्न चहान्छ, याद रहोस् यदि भोली कान्तिपुर भारत प्रवेश गरेको सम्पादिक लेख्नुप¥यो भने कान्तिपुर पनि डिस होम बन्न अछुत रहने छैन्, यो परिस्थितीको मुल्याङ्कन मात्र हो ।
अन्त्यमा मिडियाहरु व्यवसायीकता बन्दाबन्दै पनि कहिलेकाही राष्ट्रियताको ख्याल गर्नसक्नुपर्छ, नेपाली व्यवसाय धरासायी भएर हम्मे हम्मे बनेको बेला मिडिया धनी बन्नैपर्छ भन्ने छैन । डिस होम एउटा नेपाली मिडियामा भारतीय हस्तक्षेपको पराकाष्ट थियो यसको आजमात्रै होईन भोली पनि विरोध गर्न सक्नुपर्छ । नेपाली राष्ट्रियता नै रहेन भने यो देशमा मिडिया कहाँ रहँला ? डिस होम कहाँ रहँला, कान्तिपुर र आसेपासेहरु कहाँ रहँलान त्यसैले पहिले देश बचाउने सोचँौ । यसै भनेका होईनन कविवरले ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु