सामनाको सांस्कृतिक अभियान ताप्लेजुङको फुङ्लिङ बजारमा

२०७२ मंसिर २८ गते, सोमबार

काठमाडौं, २८ मंसिर । नेकपा माओवदी निकट सामना साँस्कृतिक परिवारको केन्द्रीय टोलीले मेची महाकाली अभियान अन्र्तगत आईतबार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा साँस्कृतिक कार्यक्रमबीच सामना साँस्कृतिक अभियान कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रघात र जनविरोधि संविधानको विरोध, राष्ट्रिय स्वाधिनता र जनअधिकार सुनिश्चितताको लागि सामना साँस्कृतिक अभियान” भन्ने मूल नाराका साथ झापाबाट आरम्भ भएको अभियान विभिन्न साँस्कृतिक प्रस्तुतिको साथमा ताप्लेजुङको फुङलिङ बजारमा आईपुगेको थियो ।
नेपालको संविधान २०७२ लाई कुनै पनि हालतमा नमान्ने र जनघाती संविधानको विरुद्धमा साँस्कृतिक अभियान गरिएको कार्यक्रमका प्रमुख प्रस्तोता माइला लामाले बताए ।
नेपालको सरकार र सरकारको नेतृत्व गरेका राजनीतिक दलका नेताहरुले भारतीय नाकाबन्दीको खुलेर बिरोध नगरेको, सरकारको नेतृत्व गरेका दलका नेताहरुले ३ हजारदेखि लाखौँ रुपैयाँ भारतीय दुताबासबाट भत्ता लिने गरेको लामाको दाबी छ । आपसी मेलमिलापबाट सरकार र भारतले सुनियोजित तरिकाले नाकानन्दी आफैँ गर्दै बनावटी राट्रबादी भएको लामाको भनाई थियो । संसदीय व्यवस्था र प्रणलीबाट कुनै पनि हालतमा जनअधिकार र जनसंविधान सम्भब नभएको हुनाले, आफ्नो पार्टीले घोषणा गरेको जनसंविधानको आधारमा जन परिषदबाट आफ्नो कृयाकलाप अगाडि बढाउने लामाको भनाई थियो ।
साँस्कृतिक अभियानका प्रमुख अतिथि तथा पूर्व मन्त्री पदम राईले नेकपा माओवादीको वर्तमान राजनैतिक दृष्टिकोणको बारेमा प्रष्ट्याएका थिए । राईले नेकपा माओवादी जनताको अधिकारको खातिर जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए । अहिलेको पश्चगामी संविधानले नेपालका कुनैपनि वर्ग, लिङ्ग, जाति, भाषा, धर्मको मागलाई सम्बोधन नगरेको ठहर गरे ।
झापाबाट सुरु भएको सामना साँस्कृतिक अभियान विभिन्न जिल्लामा जनसंविधान प्रप्तिको लागि जागरण गर्दै सुदुरपश्चिममा पुगेर टुङ्गिनेछ ।
– आलोक माबोहाङ लिम्बू

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु