अख्तियारलाई काम गर्न देऊ

२०७२ मंसिर २७ गते, आईतवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका महासचिव कृष्णबहादुर महरा, एमालेका पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायत दर्जनौँ उच्च तहका नेता र विशिष्ट श्रेणीका पूर्वकर्मचारीलाई अनुसन्धानका निम्ति पत्र काटेपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग छाएको छ । अख्तियारले काम गर्न सकेन स–साना भ्रष्टाचारजन्य क्रियाकलापमा मात्र ध्यान केन्द्रित ग¥यो, अख्तियारले साना माछा मात्र समाउने र ठूला माछालाई छोड्ने ग¥यो भन्दै अहोरात्र आलोचना गर्ने राजनीतिक दल र नेताहरु अहिले, केही शीर्षस्थ नेता र वरिष्ठ कर्मचारीलाई अनुसन्धानका निम्ति पत्र काट्दैमा कोकोहोलो मच्याउनु थालेका छन् । उनीहरु अख्तियारको काममा बाधा हाल्न न्वारानदेखिको शक्ति लगाउन तल्लिन देखिन्छन् । किनकि अख्तियारले यसरी ठूला भ्रष्टछाचारीमाथि छानबिन ग¥यो भने एक न एक दिन अवश्य आफ्नो पालो आउँछ भनेर उनीहरुको छटपटाहट सुरु भएको हो । नेपाली उखान ‘बूढी मरीभन्दा पनि काल पल्क्यो’ भन्ने चिन्ता भनेजस्तो अहिलेको अख्तियारको सक्रियताले दल र नेताहरुको होस–हवास उडेको हो । सधैँ पद र पहुँचमा बसेर ब्रह्मलुट मच्याउन पुगेका नेताहरु कुनै न कुनै रुपमा भ्रष्टाचारमा चुर्लुम्म डुबेकै छन् । यदि दल र नेताहरु सही छन् भने किन अख्तियारको कामकारवाहीमा बाधा हाल्नुप¥यो ? ‘चोरको खुट्टा काट’ भन्दा चोरले नै पहिले खुट्टा तानेजस्तो अख्तियारले पत्र काट्दैमा कोकोहोलो किन मच्याउनुप¥यो ? अख्तियारको पछिल्लो कदमपछि दल र नेताहरुले जुन हर्कत देखाएका छन्, यसबाट के पुष्टि हुन्छ भने उनीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अब यिनीहरुलाई अख्तियारले खुट्टा नकमाई कारवाही गर्नुपर्छ । यदि अख्तियारले खुट्टा कमायो भने अख्तियारलगायत यी तमाम भ्रष्टलाई तह लगाउन नेपाली जनता एकजुट भएर उठ्ने छन् । जनता उठे भने के हुन्छ, अहिलेका राजनीतिक दल र नेताहरुलाई यो कुरा सम्झाइरहनु नपर्ला, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु