सेना परिचालन र ‘ग्राण्ड डिजाइन’ – टीकादत्त शिवा

२०७२ मंसिर २० गते, आईतवार

सेना परिचालन ‘आन्दोलन दबाउन’ का निम्ति होइन, ढुवानी र यतायत सहज बनाउनका निम्ति गर्नै पर्ने बाध्यता आईसकेको छ । भारतले पनि सुरक्षाको कारण देखाउदै आएको हो । तथापि, हाम्रो सेनाको प्रयोजन चीन वा भारतसंग युद्द गर्न पक्कै होइन । देशको आन्तरिक सुरक्षालाई सुद्रिढ बनाउन नै हो । तर सेना परिचालन गर्दा भारतले पनि तराईमा सैनिक हस्तक्षेप गर्न सक्छ । उ बहाना र मौका मात्रै पर्खिरहेको प्रतित हुन्छ । नभुलौं, १ करोड भारतीय नेपालमा बस्छन भनेर उसले यस अघि नै डंका पिटीसकेको छ । भनिन्छ – लाज नभए पछि जसले जे पनि गर्छ । अहिले नेपालमा नाकाबन्दी गरेर जनजीवन नै अति कठिन पार्ने अवस्थालाई भारतको नाङ्गो नाचको रुपमा लिन सकिन्छ । भारतीयहरु कै हितको रक्षाका निम्ति सैनिक हस्तक्षेप गर्नुपर्यो भन्न उसलाई लाज लाग्ने छैन । विश्वमा यस्तो निर्लज्ज हस्तक्षेप हुँदै आएको पनि छ । क्रिमीयामा रुसको हस्तक्षेप ज्वलन्त उदाहरण हो । त्यसमाथि, भारत कै झण्डा छातिमा टाँसेर मर्नमार्न तयार तथाकथित आन्दोलनकारीहरुले भारतीय सेनालाई भोलि ‘रेड कार्पेट’ ओछ्याई स्वागत गर्ने छैनन भन्न सकिदैनन । कथंकदाचित जुनसुकै वहानामा भारतीय सेना नेपालमा पस्यो भने उसले अड्डा जमाउछ र कुनै हालतमा कहिल्यै वापस जाने छैन ! किनकी भारतको स्वार्थ मधेसीहरुको तथाकथित माग हुँदै होइन बल्कि नेपालको प्राकृतिक स्रोतहरुमा कब्जा हो । अहिले भारतको सबैभन्दा ठुलो समस्या हो – विस्फोटक रुपमा जनसंख्या बृद्दी, वर्सेनि पानीको मुहान सुक्ने गरी खडेरी र उर्जा संकट । यी ३ वटा स्वार्थहरु सिद्द गर्न नेपाललाई कब्जा गर्दा वा कम्तिमा मधेसमा अधिपत्य जमाउदा भारतलाई अति सहज तरिकाले प्राप्त हुन्छ । त्यसैले लामो षडयन्त्र र योजना मुताविक स्व. गिरिजा प्र. कोइरालाको भाषामा ‘ग्राण्ड डिजाइन’ सहित नेपाललाई गणतन्त्र पछि पनि आफ्नो वसमा राख्न चाहयो । तर गणतन्त्र जारि गर्दा उसले चाहेको जस्तो ‘हिन्दु राज्य’ भएन । अन्य स्वार्थहरु पनि चाहे जस्तो नभएपछि डा. बाबुराम भट्टराइको नेतृत्वमा त्यो षड्यन्त्रको पटाक्षेप भयो ।
नेपाल ‘हिन्दु राज्य’ वा ‘धर्म निरपेक्ष’ हुनुलाई देश वा धर्मको अस्तित्वसंग जोड्नु विल्कुल भुलभुलैयामा पर्नु हो जुन औचित्यहीन छ । धर्मको नाममा राजनीति एउटा रणनीति र अस्त्र मात्र हो । भारत चाहन्छ कि कम्तिमा पनि धर्मको आधारमा भएपनि नेपाल-भारत सम्बन्ध प्रगाढ देखियोस ताकि बाहिरिया (चीन, अमेरिका लगायत पश्चिमी रास्ट्र) हरुले नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा नपारुन । तर जब देश धर्म निरपेक्ष भयो तब उसले त्यो एउटा आधार पनि गुमायो । त्यसैले भारत अहिले बौलाहा हात्ती जस्तो भएको छ । चरम मानवीय संकट उत्पन्न हुँदासम्म पनि नेपालल़ाई कसैगरी आफ्नो प्रभाव क्षेत्रबाट बाहिर दिन चाहेको छैन ।
वास्तवमा अहिले युद्दको अवस्था हो । नेपालमा जन्मिएका नेपालीले पार्टी, क्षेत्र, जात आदि भन्दा माथि उठेर एक जुट भई मात्र ‘नेपाली’ भनेर युद्दमा लड्नु पर्ने बेला आएको छ । शत्रुका हरेक चाललाई विफल बनाउदै पराजित गर्नुपर्ने भएको छ । तर विडम्बना, शत्रुले हामीलाई नै मज्जाले नचाई रहेको छ । अधिकारको नाममा आर्थिक, राजनैतिक र हात हतियार समेत दिएर हामीलाई जुधाई रहेको छ । यदि भारतको गुलाम नहुने हो भने र भावी सन्ततिका लागि नेपालको प्राकृतिक स्रोत साधन बाँकी राख्दै देशलाई बचाउने हो भने सेनाको अनिवार्य तर सावधानीपुर्वक परिचालन गरिनु पर्छ । हामीसंग शत्रुता मोल्ने भारत अनि त्यसका भरौटे देशद्रोहीहरुलाई कित्ताकाट गर्दै जनस्तरबाट प्रतिकारमा उत्रिनु पर्छ, अरु विकल्प छैन !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु