राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट नमच्याउ

२०७२ मंसिर १२ गते, शनिबार

भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनका कारण मुलुक गम्भीर आर्थिक संकटमा परेको बेला प्रधानमन्त्री केपी ओलीले अनावश्यक खर्च गरेको समाचार सार्बजनिक भएको छ । जनजीविका चौपट भै रहेको समयमा प्रधानमन्त्रीले अनावश्यक भोजभतेर र खर्च गर्नु आफैँमा लाजमर्दो विषय हो । प्रधानमन्त्री केपी ओलीले बालुवाटारस्थित आफ्नो निवासमा भोजभतेर र खाजा–नास्तामा मात्र लाखौँ रुपैयाँ खर्चेको खुलासा हुनुले नेपाली जनता आक्रोशित बनेका छन् । उनले कात्तिक महिनामा मात्र भोजभतेर र खाजा नास्तामा १२ लाख ६१ हजार १ सय ८९ रुपैयाँ खर्चेको समाचारले नेपाली जनता माझ उनीप्रति घृणा बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भुक्तानीका लागि सार्वजनिक बिलमा ‘प्रधानमन्त्री निवासमा विभिन्न मितिमा बसेको बैठकमा खाजानास्ता खर्च १२ लाख ६१ हजार १ सय ८९ रुपैयाँ भएको उल्लेख छ । भोजभतेर र खाजा नास्ता अनमोल क्याटरिङ सर्भिस प्रालिले आपूर्ति गरेको उल्लेख छ । प्रधानमन्त्री कार्यालयले ओलीका लागि भन्दै १ लाख १७ हजार ४ सय ७ रुपैयाँको एप्पल आइप्याडसमेत खरिद गरेका छ । आइप्याड ग्लोबल लिंक टेक्नोलोजी प्रालिबाट खरिद गरिएको छ । यसरी हेर्दा महिनामा सवा लाखको पत्रिका प्रधानमन्त्री ओलीले कार्यालय र निवासका लागि कात्तिकमा मात्र १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन् । आचार्य ट्रेडर्स एन्ड सप्लायर्स प्रालिबाट ओलीका लागि सवा लाखभन्दा बढी रकमको पत्रपत्रिका खरिद गरिएको जनाएको छ, जब कि कात्तिकमा दसैंतिहार परेकाले पत्रपत्रिका कमै निस्किएका थिए । कुन–कुन पत्रिका कति परिमाणमा किन्दा यति ठूलो रकम खर्च भएको हो भन्ने वेबसाइटमा उल्लेख छैन । यसरी सुशानमा आफैँ उदाहरणनीय बन्नु पर्ने प्रधानमन्त्री केपी ओलीले राज्य कोषमा लुट मच्याउनु सर्मनाक विषय हो । यस विषयमा प्रधानमन्त्री केपी ओली सचेत हुनै पर्छ । जनताको चुल्हो बल्न छोडेको समयमा प्रधानमन्त्रीले भोजभतेर र मोजमस्तीमा राज्यको ढुकुटी रित्याएको स्वाभिमानी नेपाली जनताको लागि सैह्य हुँदैन । प्रधानमन्त्री केपी ओलीको समयमा नै सद्बुद्धि फिरोस् । अन्यथा प्रधानमन्त्री केपी ओलीको राजश्री ठाँटबिरुद्ध नेपाली जनता सडकमा उत्रने छन् । जनता सडकमा उत्रे के हुन्छ ? आपूmलाई प्रजातन्त्रको पहरेदार भन्ने प्रधानमन्त्री ओलीलाई पक्कै सिकाइरहनु नपर्ला ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु