सुन तोलाको ४९ हजार ४ सय

२०७२ कार्तिक २० गते, शुक्रबार

काठमाडौं, २० कात्तिक । हिजो तोलाको ४९ हजार ५ सय रुपैयाँमा बिक्रि भएको सुन आज तोलामा एक सय रुपैयाँले घटेर ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो हप्ता सुन तोलाको ५१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । केही दिन यता सुनको भाउ लगातार घट्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अमेरिकी कुल गाहस्थ उत्पादन यो वर्ष तेस्रो त्रैमासिक पक्षेपण अनुसार नै सुधार भएको हुँदा आर्थिक सुचाकंको वृद्धिसँगै डलरको मूल्य मजबुत भएकाले सुनको भाउ क्रमशः घटेको महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको ७ सय ५ रुपैयाँ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार