प्रधानमन्त्री कोइराला तमलोपाको ढोकामा

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौ ५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का शीर्ष नेताहरुसँग छलफल गर्न आज बिहान तमलोपा केन्द्रीय कार्यालय पुगेका छन् । सामान्यतया, प्रधानमन्त्रीले राजनीतिक भेटवार्ताका लागि बोलाउने प्रचलन रहेपनि प्रधानमन्त्री कोइराला आफैं तमलोपा कार्यालयमा पुगेर छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
तमलोपाका एक नेताका अनुसार सो पार्टीका अध्यक्ष महन्थ ठाकुल लगायत केही शीर्ष नेतासँग प्रधानमन्त्री कोइरालाले छलफल गरेका हुन् । प्रधानमन्त्री कोइराला बुधबार अमेरिकातर्फ प्रस्थान गर्ने भएका कारण मधेस आन्दोलनबारे छलफलका लागि उनले तमलोपा नेताहरुसँग संवाद गरेका हुन् । यसअघि प्रधानमन्त्रीले वार्ताका लागि विभिन्न पटक आह्वान गर्दा मधेसवादी दलहरु वार्ताका गएका थिएनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु