फुङलिङ बजार ठप्प

२०७२ आश्विन ३ गते, आईतवार

काठमाडौं, ३ असोज । नेपालको संविधान २०७२ को विरोधमा नेकपा माओवादीे वन्दको प्रभाव ताप्लेजुङमा पूर्ण रुपले परेको छ । ताप्लेजुङको बजार, कलकारखाना, शिक्षण संस्था, यातायातको साधन पूर्ण रुपमा ठप्प छन् । सुरक्षाकर्मीको उपस्थिति ठाउँ ठाउँमा छ भने आन्दोलनकारी र वन्दकर्ताको उपस्थिति बाक्लो देखिन्छ । नेकपा माओवादीले हिजो नै नेपालको भावी संविधानको खाका सार्वजानिक गर्दै जारी हुन लागेको संविधानलाई नमान्ने स्पष्ट पारिसकेको छ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले वन्द आव्हान गरेसँगै नेकपा—माओवादी, संयूक्त लिम्बुवान संघर्ष समिति, संघीय समाजवादी फोरम लगायतका दलले पनि वन्दको आव्हान गरेको छ ।
संघीय लिम्बुवान पार्टी नेपालले भने भोली अर्थात असोज ४ गतेदेखि अरुणपूर्वका ९ ओटा जिल्लामा आज जारी गर्न लागिएको संविधानको विरोधमा अनिश्चितकालिन बन्द तथा आमहड्ताल गर्ने जानकारी दिएको छ । – आलोक माबोहाङ् लिम्बू

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु