माओवादीले सडकबाट सविधान जारी गर्ने

२०७२ आश्विन २ गते, शनिबार

काठमाडौं, २ असोज । नेकपा माओवादीले आज सडकबाट सविधान जारी गर्ने भएको छ । अहिले सविधान सभाले जारी गर्न लागेको संविधानले देशलाई निकास दिन नसक्ने भन्दैे नेकपा माओवादीले सडकबाटै जनसविधान घोषणा गर्न लागेको हो । आज दिउसो २ बजे शान्तिबाटीकामा जनसविधानका आधारभुत मान्यताहरु घोषणा गरिने माओवादी नेताहरुले बताएका छन् ।
सविधानको स्वरुप बारे घोषणा गर्नु पूर्व विभिन्न ठाउबाट र्याली निकालिने माओवादी केन्द्रीय सदस्य मोहन कार्कीले जानकारी दिए । सविधान सभाको निर्वाचन बहिष्कार गरेको माओवादीले संविधान सभाको विघटन, सर्वपक्षीय सम्मेलन मार्फत राजनीतिक निकास निकाल्नु पर्ने माग गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु