नेपालको संविधान २०७२ प्रमाणीकरण

२०७२ आश्विन १ गते, शुक्रबार

काठमाडौं, १ असोज । संविधानसभाको ल्होत्से हलमा शुक्रबार सबै दलका शीर्ष नेताहरुको सामूहिक उपस्थितिमा ‘नेपालको संविधान २०७२’ प्रमाणीकरण गरिएको छ । सभाध्यक्ष सुवास नेम्वाङले संविधानको प्रमाणीकरण गरेका हुन् । संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवं सभासदहरुले संविधानको प्रतिमा हस्ताक्षर गरेसँगै प्रमाणीकरणको काम सम्पन्न भएको छ ।
त्यसअघि ५ सय ३७ जना सभासदहरुले संविधानमा हस्ताक्षर गरेका थिए । सभासदहरुले बिहान ९ बजेखि नै संविधानका पाँचओटा प्रतिमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नेक्रम अपरान्ह ३ बजेसम्म चल्यो ।
सबै सभासदले हस्ताक्षर गरिसकेपछि अन्त्यमा सभाध्यक्ष सुवास नेम्वाङले हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन् । नेपाली कागजमा छापिएका पाँचप्रति संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संविधानसभा सचिवालयको अभिलेख शाखा र कानुन मन्त्रालयमा पठाइने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु