नेपालको संविधान २०७२ प्रमाणीकरण गरिदै

२०७२ आश्विन १ गते, शुक्रबार

काठमाडौं, १ असोज । आज नेपालको संविधान २०७२ प्रमाणीकरण हुँदैछ । संविधानसभाको ल्होत्से हलमा संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवम् सभासदहरुले संविधानको प्रतीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यसका लागि बिहान ९ बजेखि अपरान्ह ३ वजेसम्मको समय तोकिएको छ । सबै सभासदहरुले हस्ताक्षर गरिसकेपछि अन्त्यमा संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले हस्ताक्षर गर्ने कार्यक्रम संविधानसभा सचिवालयले बनाएको छ ।
संविधान प्रमाणिकरण प्रयोजनका लागि ५ प्रति संविधान छापिएको छ । नेपाली कागजमा छापिएका ५ प्रति संविधान कानुन किताबखाना लगायतका ठाँउहरुमा रहनेछन् । यसपछि मात्रै संविधानको नियमित प्रति प्रकाशन गरिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु