संविधान निर्माण प्रक्रियाबाट अलग हुन्छौ : गच्छदार

२०७२ भाद्र १८ गते, शुक्रबार

काठमाडौ, १८ भदौ । संघीय लोकतान्त्रिक मोर्चा ( विजयकुमार गच्छदार नेतृत्वको)ले संविधान निर्माणको काम नरोकिए संविधान निर्माण प्रकृयाबाट अलग हुने निर्णय गरेको छ । मोर्चाको आज बसेको बैठकले संविधानसभामा संशोधन विधेयक प्रस्तुत गर्ने भदौ १९ गतेको म्यादलाई केही दिन थप गर्न माग गरेको छ । यथास्थितिमै मस्यौदा संविधानलाई संविधासभाभित्र प्रकृयामा अघि बढाइए मोर्चा प्रक्रियाबाट अलग हुने बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।
मधेसी, थारु लगायतका माग राजनीतिक भएको ठहर गर्दै मोर्चाले वार्ताबाटै समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख दलहरुले वार्ता छाडेर एकलौटी अघि बढे त्यसको जिम्मेवार तीन वटै ठूला दल हुने मोर्चाले जनाएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिक मिलेर मोर्चा बनाइएको छ ।

प्रतिक्रियाहरु