हिन्दु राष्ट्र माग्नेलाई अश्रु ग्यास र पानीको फोहोरा

२०७२ भाद्र १५ गते, मंगलवार

काठमाडाैँ, १५ भदाै । हिन्दु राष्ट्र माग गर्दै संविधानसभा घेर्न पुगेको जुलुसमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि उत्पन्न तनावलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको हो । खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र अभियानका कार्यकर्ताले पूर्वी क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।
बानेश्वरको पश्चिम क्षेत्रमा भने राप्रपा नेपालका कार्यकर्ता धर्नामा बसेका छन् । त्रिपुरेश्वरबाट संविधान सभा घेराउ गर्ने भन्दै राप्रपाको जुलुस बानेश्वर पुगेको थियो ।

प्रतिक्रियाहरु